फाल्गुण संक्रान्तिको दिन सूर्यले राशि परिवर्तन गर्ने : यी ५ राशिमाथि रहनेछ विशेष कृपा, हुनेछ जबरदस्त धन लाभ

काठमाडौँ : ज्योतिषशास्त्रमा सूर्यलाई ग्रहहरूको राजा मानिन्छ। कुनै पनि व्यक्तिको कुण्डलीमा सूर्यको विशेष महत्व हुन्छ। कुण्डलीमा सूर्य स्थिति शुभ भए व्यक्तिको भाग्य चम्कन कति पनि समय लाग्दैन्। त्यसैगरी कुण्डलीमा सूर्य कमजोर हुँदा जातकले पेशा-व्यवसाय र स्वास्थ्यसँग सम्बन्धित समस्याहरुको सामना गर्नेछन्। सूर्यले फाल्गुन १ गते(फेब्रुअरी १३ तारिख) संक्रान्तिको दिन राशि परिवर्तन गर्दैछ। जुन राशि परिवर्तनले ५ राशिका जातकलाई विशेष लाभ मिल्नेछ। सूर्यको गोचरले कुन राशिको भाग्य चम्किन्छ त ? हेर्नुस्।

 

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

का कारण यस राशिका व्यक्तिले शुभ फल पाउनेछन्। गोचर अवधिभर शत्रुहरुबाट छुटकारा पाउनुहुनेछ। पेशा-व्यवसायको कारण मान-सम्मान प्राप्त हुनेछ। धनसम्बन्धी समस्याहरुको हल निस्कनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

गोचर अवधिमा शुभ समाचार प्राप्त हुनेछ। परिवारका सदस्यहरुसँगको सम्बन्ध सुमधुर रहनेछ। जागिर खोजिरहेकाहरुका मेहनत सफल हुनेछ। गोचर समयावधिमा आत्मविश्वास बढ्नेछ। आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सूर्य यस राशिमा उच्च हुन्छ। सूर्यको गोचर यस राशिका जातकको लागि निकै लाभदायक साबित हुनेछ। कार्यस्थलमा मान सम्मान र आर्थिक लाभ  प्राप्त हुनेछ। व्यापार-व्यवसाय गर्नेहरुका आर्थिक पक्ष मजबूत हुनेछ। यसबाहेक धन लाभका अन्य अवसर पनि उपलब्ध हुनेछन्।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सूर्यको गोचरको कारण जागिर परिवर्तनको शुभ योग बनेको छ। व्यापार व्यवसायमा आर्थिक पक्ष बलियो रहनेछ। यसका साथै आकर्षक तलबसहितको नयाँ कामको अवसर पाउनुहुनेछ। जीवनसाथीसँग आपसी सम्बन्ध मधुर हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिका लागि सूर्यको गोचर शुभ रहनेछ। धनको अभावबाट मुक्ति मिल्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। आर्थिक लगानीबाट लाभ मिल्नेछ। यसबाहेक यो गोचर लेनदेनको लागि राम्रो रहनेछ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८१४:२९

मकर राशिमा ६ ग्रहको दुर्लभ संयोग बन्दै, यी ३ राशिका मानिस बन्नेछन् मालामाल