मकर राशिमा ६ ग्रहको दुर्लभ संयोग बन्दै, यी ३ राशिका मानिस बन्नेछन् मालामाल

काठमाडौँ : ज्योतिषशास्त्रका अनुसार फेब्रुअरीमा केही ग्रहको संयोगले दुर्लभ योग बन्न लागेको छ। यो महिनाको सुरुवातदेखि नै सूर्य, बुध, चन्द्र र शनि ग्रहको मकर राशिमा योग बनिरहेको छ। यसबाहेक चन्द्रमा र शुक्र फेरि मकर राशिमा प्रवेश गर्नेछ। यस्तो अवस्थामा पञ्चग्रही योगको संयोग बन्नेछ। अर्कोतर्फ मकर राशिमा ४ ग्रहको संयोगले छुट्टै केदार योग बन्नेछ। यस्तो अवस्थामा यी सबै ग्रहहरू मिलेर षड्ग्रही योग बनाउनेछ। यसको कुन राशिमा कस्तो प्रभाव पर्नेछ त ? हेर्नुस्।

 

अहिले शनि र बृहस्पति मकर राशिमा विराजमान छ। गत महिना सूर्य र शुक्रले पनि मकर राशिमा प्रवेश गरेकाले यस राशिमा चतुर्ग्रही योग बनेको छ। फेब्रुअरी ५ मा बुधले वक्री अवस्थामा यस राशिमा प्रवेश गर्नेछ। त्यसपछि ९ फेब्रुअरीमा चन्द्रमामा पनि मकर राशिमा प्रवेश गर्नेछ। जसकारण मकर राशिमा सूर्य, बुध, शुक्र, बृहस्पति, चन्द्रमा र शनिसँगै रहनेछन्। जसले गर्दा षड्ग्रही योग बन्नेछ,  जुन ज्योतिषीय दृष्टिकोणले निकै दुर्लभ संयोग हो।

ज्योतिषाचार्यहरुका अनुसार षड्ग्रही योग मेष, वृष र मीन राशिका जातकका लागि अत्यन्तै शुभ मानिन्छ। यो योगको प्रभावले यी राशिका व्यक्तिहरूले करियर र पैसा सम्बन्धी समस्याबाट छुटकारा पाउन सक्छन्।

मिथुन, धनु र कुम्भ राशिका लागि षड्ग्रही योग शुभ मानिदैन्। यो योगबाट स्वास्थ्य अवस्था बिग्रन सक्छ। यससँगै कुनै किसिमको दुर्घटना हुने सम्भावना पनि रहेको छ । आर्थिक क्षति पनि हुनसक्छ ।

प्रकाशित : बिहिबार, माघ २०, २०७८२१:११

यी ४ कुरामा पुरुष भन्दा सधैँ अगाडि हुन्छन् महिला, तपाइलाई थाहा हुने छैन !