“लिभरपुललाई इन्टर मिलानले जसरी पनि सुताउनुपर्छ”

एजेन्सी – सिरी ‘ए’का पूर्व फरवार्ड पाओलो डि क्यानियोले च्याम्पियन्स लिगमा इन्टर मिलनले लिभरपुललाई हराउन सक्ने बताएका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा पाओलो डि क्यानियो क्यानियोले च्याम्पियन्स लिगमा इन्टर मिलानले लिभरपुललाई हराउन सक्ने सम्भावना कायम रहेको बताएका हुन्।

लिभरपुल धेरै नै राम्रो लयमा रहेपनि इन्टरले हराउन सक्ने सम्भावना आफूले देखेको क्यानियोले बताए। इन्टरले निडर भएर लिभरपुल विरुद्ध खेल्नुपर्ने क्यानियोको भनाई छ।

इन्टरको प्रतिद्वन्दी एसी मिलानले लिभरपुलसँगका दुवै खेल हारेको भएपनि उच्च मनोबलका साथ उत्रन इन्टरलाई क्यानियोले सुझाव दिए। इन्टरले बल नियन्त्रणमा लिन सकेको खण्डमा लिभरपुल ‘निदाउन’ सक्ने क्यानियोको बुझाई छ।

“लिभरपुल डरलाग्दो प्रतिद्वन्द्वी हो। तर इन्टर निडर हुनुपर्छ र आफ्नो कब्जा कायम राख्नुपर्छ। बल नियन्त्रणमा राख्न सके लिभरपुल ‘निदाउन’ सक्छ। लिभरपुलले समूह चरणमा इन्टरको शहर प्रतिद्वन्द्वी एसी मिलानलाई दुवै पटक हराएपनि इन्टरले उच्च मनोबल सहित खेल्नु पर्छ। आफ्नो क्षमतामा विश्वस्त हुन सके इन्टरले लिभरपुललाई हराउन सक्छ।”,क्यानियोले भने।

लिभरपुल भर्सेस इन्टर

च्याम्पियन लिगको जारी सिजनमा एक खेलमा पनि पराजित नभएको लिभरपुल र इन्टर मिलानले नकआउट चरणमा एक-अर्काको सामना गर्दैछन्। दुई लेगमा हुने खेलको पहिलो लेग इन्टर मिलनको घरेलु मैदानमा हुनेछ भने दोस्रो खेल लिभरपुलको घरेलु मैदानमा हुनेछ। पहिलो लेग फेब्रुअरी १७ मा हुनेछ भने अर्को लेग मार्च ९ मा। दुई लेगमा हुने खेलमा विजयी हुने टीम मात्र च्याम्पियन लिगको अर्को चरणमा प्रवेश गर्नेछ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८१०:२६

च्याम्पियन्स लिगबाट पिएसजी आउट भए पोचेटिनोले राजीनामा दिने !