कारोबार हुने साताको अन्तिम दिन घट्यो सुनको मूल्य ! कति ?

काठमाडौँ – कारोबार हुने साताको अन्तिम दिन आज सुनको मूल्य घटेको छ। पछिल्ला केहि दिन देखि लगातार बढिरहेको सुनको मूल्य आज घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९२ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९२ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

यस साता सुनको मूल्य

यस साता सुनको मूल्यमा धेरै नै उतारचढाव भयो। छापावाला सुन ९१ हजार ८ सय रुपैंयाँ देखि ९२ हजार ७ सय रुपैंयाँ सम्ममा कारोबार हुँदा तेजाबी सुन ९१ हजार ३ सय देख ९२ हजार २ सय रुपैंयाँ सम्ममा कारोबार भयो।

चाँदीको मूल्य

आज सुन मात्र नभई चाँदीको मूल्य पनि घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ५ ले घटेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार २ सय ५० रुपैंयाँमा कारोबार भैरहेको छ।

प्रकाशित : शुक्रबार, माघ २१, २०७८११:०५

पेट्रोलमा अचाक्ली कर, एक लिटरमै तिर्नुपर्छ यति ! कति ?