हालाण्डलाई लिएर लेवान्डोस्कीले के भने यस्तो ?

एजेन्सी – बायर्न म्युनिखका सुपरस्टार रोबर्ट लेवान्डोस्कीले राम्रो क्षमता भएका खेलाडीहरु पछि गएर स्टार खेलाडी बन्छन् नै भन्ने नरहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले राम्रा क्षमता भएर पनि खेलाडीहरु स्टार खेलाडी बन्छन् भनेर पहिला नै भन्न नसकिने बताएका हुन्।

बोरुसिया डर्टमण्डका युवा खेलाडी एर्लिङ हालाण्डको विषयमा पोलिश पत्रिका पिल्कानोज्नासँग कुराकानी गर्नेक्रममा लेवान्डोस्कीले हालाण्ड धेरै राम्रो खेलाडी रहेको बताए। हालाण्डको खेल हेर्न रमाइलो लाग्ने लेवान्डोस्कीको भनाई छ।

“हालाण्ड धेरै राम्रो खेलाडी हुन्। उनको खेल हेर्न मलाई रमाइलो लाग्छ। तर राम्रो क्षमता छ भन्दैमा कुनै पनि खेलाडी पछि गएर धेरै वर्ष सम्म स्टार रहिरहन्छ भन्ने हुँदैन।”,लेवान्डोस्कीले भने।

लेवान्डोस्कीले सबै खेलाडी फरक-फरक तरिकाले विकास हुने पनि बताए। एक खेलाडी कसरी अगाडी बढ्छ भन्ने कुराले धेरै कुरा निर्धारण गर्छ भन्ने उनको भनाई छ। लेवान्डोस्कीको नजरमा हालाण्ड बलियो र छिटो खेलाडी हुन्। हालाण्ड शारीरिक रुपले धेरै परिपक्क रहेको उनले बताए।

उनले भने,”सबै फरक-फरक ढंगले अगाडी बढ्छन् र विकास हुन्छन्। हालाण्ड बलियो र छिटो छन्। उनको खेल पनि यसैमा आधारित छ। मसँग विभिन्न गुणहरू छन्। उनी कसरी अगाडी बढ्छन् भन्ने कुरा अहिले नै भन्न असम्भव छ।”

प्रकाशित : शुक्रबार, माघ २१, २०७८२०:३५

मेस्सी पिएसजी भन्दा बढी चर्चित, रोनाल्डो युनाइटेड भन्दा !