जब तम्सेर अगाडी गएका रोनाल्डोले पेनाल्टीमा हावा खाए …[भिडियो सहित]

एजेन्सी – क्रिस्टियानो रोनाल्डो र एन्थोनी इलांगा पेनाल्टीमा चुक्दा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड च्याम्पियनसिप क्लब मिडल्सव्रगसँग पराजित हुँदै एफए कपको चौथो राउन्डबाटै बाहिरिएको छ।

पहिला उत्कृष्ट प्रदर्शन गर्दै आएका रोनाल्डो मिडल्सव्रग विरुद्धको खेलमा भने फिक्का सावित भए। रोनाल्डोले एक महत्वपूर्ण मौका गुमाए। मिडल्सव्रगका डिजकेस्टिलले पल पोग्वालाई पेनाल्टी बक्समा लडाएपछि पाएको पेनाल्टीको अवसरलाई रोनाल्डोले खेर फाले।

रोनाल्डोले प्रहार गरेको पेनाल्टी पोस्टनजिकैबाट बाहिरिएको थियो। सो पेनाल्टी मिस नगरेको भए सायद युनाइटेड पराजित हुने थिएन। युनाइटेडका लागि रोनाल्डो पेनाल्टीमा चुकेको यो चौंथो पटक हो।

यस भन्दा अगाडी रोनाल्डो सन् २००६ मा विगन विरुद्ध, २००७ मा वेस्ट ह्याम र २००८ मा बार्सिलोना विरुद्धको खेलमा पेनाल्टीमा चुकेका थिए। त्यस्तै रोनाल्डो युनाइटेडबाट खेल्दा एक पटक पेनाल्टी शुआउट पनि चुकेका छन्।

सन् २००८ को च्याम्पियन्स लिग फाइनलमा रोनाल्डो पेनाल्टी शुआउटमा चुकेका थिए। तर त्यसबेला युनाइटेड विजयी भएको थियो। मिडल्सव्रग विरुद्धको पेनाल्टी शुआउटमा भने रोनाल्डो चुकेनन्।

प्रकाशित : शनिबार, माघ २२, २०७८१४:२७

हाजार्ड हिस्स बुढी, खिस्स दाँत भएपछि बेलको हाँसो रोकिएन ! [भिडियो सहित]