हाजार्ड हिस्स बुढी, खिस्स दाँत भएपछि बेलको हाँसो रोकिएन ! [भिडियो सहित]

एजेन्सी – लालिगा लिडर रियल म्याड्रिड बिहिबार राति एथलेटिको बिल्वाओसँग पराजित हुँदै कोपा डेल रेबाट बाहिरियो। बिल्वाओको घरेलु मैदानमा रियल गोल गर्न नसक्दा बिल्वाओसँग पराजित हुन पुगेको थियो।

क्लबका मुख्य खेलाडी करिम बेन्जेमा नभएका कारण रियलले कम्जोर प्रदर्शन गरेको थियो। बेन्जेमा नभएको अवस्थामा धेरैले ग्यारेथ बेल र इडेन हाजार्ड मध्ये कसैलाई प्रशिक्षक कार्लो एन्सेलोटीले प्रयोग गर्ने अनुमान गरेका थिए। तर धेरैको अनुमान विपरित एन्सेलोटीले दुवै खेलाडीलाई मैदानमा उतारेनन्। एन्सेलोटीले दुवैलाई बेन्चमा राखेका थिए।

हाजार्ड आफैंले पनि बिल्वाओ विरुद्धको खेलमा मौका पाउने आशा राखेका थिए। मौका पाउने आशाले हाजार्डले वार्मअप समेत गरेका थिए। तर उनले सोचेको जस्तो केहि भएन। सब्सटीट्यूटको रुपमा मैदान छिर्न शरीर तताइरहेका हाजार्ड मौका नपाउने देखिएपछि चुप-शप बेन्चमा आएर बसे।

त्यो देख्दा बेन्चमा नै रहेका बेलाले हाँसो रोक्न सकेनन्। मैदान छिर्न पाउने आशामा वार्मअप गरिरहेका हाजार्ड बेन्चमै फिर्ता आएपछि बेल खुलेर हाँसेका थिए। सामाजिक संजालमा यति बेला सो भिडियो भाइरल भैरहेको छ।

बेल र हाजार्डको एकै ताल

एक हिसाबले भन्ने हो भने हाजार्ड र बेल दुवै अहिले रियल म्याड्रिडमा लगभग एकै प्रकारको अवस्थाबारा गुज्रिरहेका छन्। फिट भएर पनि दुवैले यति बेला रियलमा मौका पाइरहेका छैनन्। प्रशिक्षक एन्सेलोटीले दुवैलाई कमै मात्र मौका दिरहेका छैनन्।

प्रकाशित : शनिबार, माघ २२, २०७८१४:५०

बेन्जेमा नहुँदा रियल लंगडो, पिएसजी विरुद्ध खेल्न नसके के होला ?