यो कुरा सबैलाई थाहा छ कि शनिदेवको कृपाले जो कोहीलाई पनि राजा बनाउँछ। त्यस्तै, शनिको नराम्रो नजरले राजालाई पनि दरिद्र बनाउँछ। हाल, शनि अस्ताएको छ र २४ फेब्रुअरी २०२२ सम्म आफ्नै राशि मकर राशिमा अस्त अवस्थामा नै रहनेछ। शनिको अस्तले ४ राशिका लागि विपरित राज योग बनाउँदैछ। यसका कारण यी राशिका व्यक्तिहरूलाई आगामी १७ दिनसम्म बलियो लाभ मिल्नेछ। विपरित राज योगका कारण यी ४ राशिका व्यक्तिले जागिर, व्यापार र राजनीतिमा अतुलनीय सफलता प्राप्त गर्न सक्छन्। यसका साथै पुरानो रोगबाट पनि राहत मिल्नेछ। यस अवधिमा यी मानिसले खुब धन लाभ पनि प्राप्त गर्नेछन्।
मिथुन राशि

यो विपरित राज योगले मिथुन राशिका व्यक्तिहरुलाई अतुलनीय लाभ दिनेछ। व्यापार व्यावसायमा मनग्य लाभ हुनसक्छ। आकस्मिक लाभ हुन सक्छ। महत्त्वपूर्ण सम्झौता हुन सक्छ। लगानीको लागि राम्रो समय रहेको छ। राजनीतिमा सक्रिय व्यक्तिहरूले ठूलो पद पाउन सक्छन्।
सिंह राशि

सिंह राशिका व्यक्तिहरूलाई विपरित राज योगले ठूलो आर्थिक लाभ दिनेछ। आम्दानी बढ्नेछ, आर्थिक अवस्था राम्रो हुनेछ। मानिसहरूले तपाईंको कामको प्रशंसा गर्नेछन्। वैदेशिक रोजगारीमा रहेका मानिसका लागि विशेष लाभ हुनेछ। लगानीमा लाभ मिल्ने संकेत देखिन्छ। स्वास्थ्य अवस्थामा सुधार आउनेछ। राजनीतिज्ञहरूले ठूलो सफलता हात पार्ने सम्भावना छ।
वृश्चिक राशि

विपरीत राज योगले वृश्चिक राशिका व्यक्तिहरूलाई अचानक धन प्राप्ति दिनेछ। नोकरी-व्यवसायमा प्रगति हुनेछ। राजनीतिमा लाभ हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिको सम्भावना छ। नयाँ जिम्मेवारी बढ्नेछन् जुन धेरै लाभदायक साबित हुनेछन्।
कुम्भ राशि

कुम्भ राशिका व्यक्तिहरुलाई विपरित राज योगले व्यापारमा आकस्मिक लाभ दिनेछ। मेहनतको फल मिल्नेछ। राजनीति तथा प्रशासनसँग सम्बन्धित व्यक्तिले ठूलो पद पाउनेछन्। धन लाभ मिल्नुका साथै भविष्यको लागि पनि ठूलो बचत गर्न सक्नुहुनेछ। सेयर बजारमा आकस्मिक लाभ पनि हुनसक्छ।

