एजेन्सी – पछिल्लो एक दशकमा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ट्रान्सफर मार्केटमा सबै भन्दा बढी घाटा बेहोरेको खुलासा भएको छ। फुटबल अब्जर्भेटरीले गरेको एक अध्ययनले ट्रान्सफर मार्केटमा सबै भन्दा बढी घाटा युनाइटेडले बेहोरेको देखिएको हो।
फुटबल अब्जर्भेटरीले पछिल्लो एक दशकलाई अध्ययन गरेर तयार पारेको रिपोर्टमा युनाइटेडले पछिल्लो दशकमा १ बिलियन युरो भन्दा बढीको घाटा बेहोरेको उल्लेख गरेको छ। फुटबल अब्जर्भेटरीका अनुसार ट्रान्सफर बजारमा सबै भन्दा बढी घाटा बेहोर्ने मामलामा युरोपका अन्य ठूला क्लबहरु भन्दा धेरै माथि देखिएको छ।
गएको दश वर्षमा युनाइटेडले साढे १ बिलियन युरो खर्च गरिसकेको फुटबल अब्जर्भेटरीले जनाएको छ। त्यसयता खेलाडी बिक्रीबाट युनाइटेडले मात्रै ४ सय ७० मिलियन युरो कमाएको छ। यस हिसाबले एक दशकमा युनाइटेडले ट्रान्सफर बजारमा १ बिलियन भन्दा बढी घाटा बेहोरेको छ।
युनाइटेडले पछिल्लो पटक सन् २०१२-१३ मा प्रिमियर लिग उपाधि जितेको थियो। त्यसयता युनाइटेडले डेढ बिलियन युरो खर्च गर्दा मात्रै दुई प्रमुख उपाधि जितेको छ।
बढी खर्च गर्नेमा अरु को-को ?
पछिल्लो दशकमा युनाइटेड पछि सबै भन्दा बढी म्यानचेस्टर सिटीले खर्च गरेको छ। सिटीले पछिल्लो एक दशकमा १ दशमलभ ६ बिलियन युरो खर्च गर्दा सिटीले खेलाडी बिक्रीबाट ७ सय १५ मिलियन युरो कमाएको छ। यस हिसाबले सिटी ट्रान्सफर मार्केटमा ९ सय ८४ मिलियन युरोले घाटामा छ।
त्यस्तै ट्रान्सफर मार्केटमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले पछिल्लो दशमा ९ सय ४१ मिलियन युरो घाटा बेहोरेको छ। फुटबल अब्जर्भेटरीका अनुसार पिएसजीले पछिल्लो एक दशकमा खेलाडी किन्नमा १ दशमलभ ४ बिलियन खर्च गरेको छ। जबकी खेलाडी बिक्रीबाट मात्रै
५ सय ४ मिलियन युरो कमाएको छ।
ट्रान्सफर मार्केटमा सबै भन्दा बढी घाटा बेहोर्ने क्लबहरुको सूचीको चौंथो स्थानमा क्याटलान क्लब बार्सिलोना रहेको छ। एक दशकमा खेलाडीका लागि १ दशमलभ ६ बिलियन युरो खर्च गर्दा बार्सिलोनाले ९ सय ८० मिलियन युरो खेलाडी बिक्रीबाट कमाएको छ। यस हिसाबले बार्सिलोनालाई ट्रान्सफर मार्केटमा ६ सय ५० मिलियन युरो घाटा भयो।
Club | Spent | Earned | Net spend |
Manchester United | €1.5bn | €470m | €1.1 bn |
Manchester City | €1.6bn | €715m | €984m |
PSG | €1.4bn | €504m | €941m |
Barcelona | €1.6bn | €980m | €650m |
Arsenal | €1bn | €446m | €583m |
Juventus | €1.5bn | €981m | €561m |
Milan | €884m | €452m | €432m |
Everton | €911m | €482m | €429m |
Aston Villa | €701m | €277m | €424m |
Chelsea | €1.6bn | €1.2bn | €413m |