काठमाडौँ – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही तराईका केही भू–भागमा हुस्सु– कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो प्रदेशन नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश नं १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा मौसम आंशिकदेखि सामान्यतया सफा रहने छ । देशका पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।
काठमाडौँ उपत्यकामा विहानैदेखि बाक्लो तुवाँलो लागेको छ । विगत दुई दिनदेखि बिहानैबाट घाम लागेको भए पनि आज घाम नलागेकाले केही चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणमा काठमाडौँको न्यूनतम तापक्रम पाँच र अधिकतम तापक्रम १६ दशमलव नौ डिग्री सेल्सियस रहेको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ माघ २५ गते (मंगलबार)
दिउँसो : प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। देशका पुर्वी तथा पश्चिमी भूभागका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
२०७८ माघ २६ गते (बुधबार)
दिउँसो : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरुमा सामान्य देखि पूर्ण बदली तथा बाकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम प्रदेशका केही स्थानहरुमा र लुम्बिनी, गण्डकी तथा प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
राती : सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी लगायत बागमती र प्रदेश नं १ को पहाडी भू-भागमा सामान्य देखि पूर्ण बदली तथा बाकी भू-भागमा आंशिक बदली रहनेछ। कर्णाली, सुदूर पश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानहरुमा र बागमती तथा प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ ।
२०७८ माघ २७ गते (बिहीबार)
दिउँसो : प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश नं १, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
राती : प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य प्रदेशमा मौसम आंशिक बदली देखि सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

