भोलि भीष्माष्टमी व्रत : शरशैयामा हुँदा भीष्म पितामहले युधिष्ठिरलाई दिएका थिए यी ७ मूल मन्त्र

काठमाडौँ : भीष्म अष्टमी माघ शुक्लपक्षको अष्टमी तिथि यानी भोलि माघ २६ गते बुधवारको दिन छ। यस दिनबाट सूर्यको उत्तरार्धको समय सुरु हुन्छ। सूर्य उत्तरार्धलाई वर्षको सबैभन्दा पवित्र अर्धांश मानिन्छ। भीष्म पितामहलाई इच्छा मृत्युको वरदान प्राप्त थियो त्यसैले उनी शरशैयामा ६ महिनासम्म रहेर इच्छा अनुसार सूर्य उत्तरायण पारेर प्राण त्याग गरे। यो दिन व्रत र अनुष्ठान गरेमा संस्कारी सन्तान प्राप्त हुने जनविश्वास छ।

युद्ध सकिएर हस्तिनापुरका राजा बनेका युधिष्ठिरले भीष्मकहाँ आएर आफ्नो कारण पितामहको यस्तो अवस्था भएको तथा वंशनाश भएकोमा घोर दुःख व्यक्त गरेका थिए। श्रीकृष्णले भनेपछि भीष्मले शरशैयाबाटै युधिष्ठिरलाई राजधर्म, मोक्षधर्म, आपद्धर्म आदिका विषयमा मूल्यवान् उपदेश दिएका थिए। यो उपदेशलाई सुनिसकेपछि युधिष्ठिरको शोक नाश भयो। मनको ग्लानि तथा पश्चात्ताप हट्यो।

१. रिस नियन्त्रण गर्न सिक। २. क्षमा सबैभन्दा ठूलो गुण हो।  ३. जुनसुकै काम गरेपनि त्यो अवश्यै पूरा गर। ४. कुनै पनि चिज या मानिससँग नजोडिउ।  ५. मानिसको जीवनमा धर्म सधैँ अगाडी आउनुपर्छ।  ६. कडा परिश्रम गर, सबैको रक्षा गर। ७. सदैव मनमा दया भाव राख।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८१३:१६

अस्ताएको बृहस्पतिले चम्काउनेछ यी ४ राशिको भाग्य, व्यापार व्यवसायमा हुनेछ ठूलो प्रगति !