एन्सेलोटीलाई खासै मन परेनन् यी खेलाडी, छिट्टै लखेट्ने तयारी !

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले जारी सिजनमा वैकल्पिक खेलाडीहरुको खासै प्रयोग गरिरहेका छैनन्। एक हिसाबले भन्नुपर्दा एन्सेलोटीले बेन्चका खेलाडीहरुलाई खासै विश्वास गर्न सकेका छैनन्।

एन्सेलोटीले इडेन हाजार्ड, ग्यारेथ बेल जस्ता खेलाडीलाई समेत मौका नदिएको अवस्था छ। यस्तोमा गत वर्ष रियल आएका एडुआर्डो क्यामाभिङ्गाले पनि मौका पाउन सकिरहेका छैनन्। सिजनका शुरुवाती समयमा केहि मौका पाएपनि क्यामाभिङ्गा पछिल्लो समय एन्सेलोटीको रोजाईमा पर्न सकिरहेका छैनन्।

स्पेनिस मिडियाहरुका अनुसार क्यामाभिङ्गालाई जिनेदिन जिदान धेरै नै चाहन्थे। तर एन्सेलोटी भने क्यामाभिङ्गाबाट सन्तुष्ट हुन सकिरहेका छैनन्। एन्सेलोटीको रोजाईमा पर्न छाडेपछि उनलाई रियलले बिक्री गर्ने तयारी गरिरहेको छ।

उनलाई रियलले आउने ट्रान्सफर विन्डोमै बिक्री गर्न सक्ने स्पेनिस मिडियाहरु बताउँछन्। रियलले गत वर्ष उनलाई फ्रेन्च क्लब रेन्सबाट ५५ मिलियन युरोमा भित्र्याएको थियो। त्यति बेला उनी धेरै क्लबको नजर रहेका मिडफिल्डर थिए। त्यस बेला उनलाई म्यानचेस्टर युनाइटेड र चेल्सी जस्ता क्लबले पनि भित्र्याउने प्रयास गरेका थिए।

अफर आए बेच्ने तयारी

५५ मिलियन युरो खर्च गरेर ल्याइएका क्यामाभिङ्गालाई घाटा नलाग्नेगरी बेच्ने रियलको तयारी रहेको छ। त्यसको लागि रियलले आउने ट्रान्सफर विन्डोमा क्यामाभिङ्गालाई बिक्रीमा राख्नेछ। यदि सन्तुष्ट हुन सकिने अफर आएको खण्डमा क्यामाभिङ्गालाई बेचेर अन्य खेलाडीमा लगानी गर्ने रियालोको योजना रहेको बताइन्छ।

प्रकाशित : मङ्गलबार, माघ २५, २०७८२१:३७

म्यानचेस्टर शिर्ष चारबाट आउट !