यो सिजन तेस्रो पटक क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको खेलमा बेन्चबाट खेल सुरु गरे, र तेस्रो पटक म्यानचेस्टर युनाइटेडले मात्र बराबरी गर्न सफल भयो। युनाइटेडले आफ्नो पोर्चुगिज स्टार बिना एभर्टन वा चेल्सीलाई हराउन सकेको थिएन, तर मंगलबार टर्फ मुरमा बर्नलीसँग १-१ को बराबरी खेल सबैभन्दा पिडादायक हुनसक्छ।
लिगको पुछारको टोली विरुद्ध जित्न असफल हुँदा राल्फ रान्ग्निकको टोली वाटफोर्डमाथि वेस्ट ह्यामले जित निकालेसँगै तालिकाको पाँचौं स्थानमा झरेको छ। युनाइटेडका लागि अझ चिन्ताको कुरा, एन्टोनियो कोन्टेको टोटनह्याम उनीहरु भन्दा मात्र तीन अंकले पछाडि छ तर लण्डन क्लबसँग अझ तीन खेलहरू हातमा छन्। एड वुडवर्ड र ग्लेजरहरूले ओले गुन्नार सोल्स्कजायरको कार्यकालको अन्तिम समयमा कोन्टेलाई नियुक्त गर्ने मौका स्वीकार गरेका थिएनन्। यदि इटालियनले आफ्नो कार्यकालमा स्पर्सलाई शीर्ष चारमा मार्गदर्शन गर्न सके भने युनाइटेडका पूर्व अधिकारी कत्ति मूर्ख देखिनेछन्।
खेलको १२औं मिनेटमा राफयल भरानले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा युनाइटेड अग्रता लिनबाट चुकेको थियो। उक्त गोलको मुभमा भरान अफसाइड देखिएको थियो।
१८औं मिनेटमा पोग्वाले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए। उनले लुका साको पासमा गोल गर्न सफल भएका थिए। तर त्यो अग्रतालाई युनाइटेडले जोगाउन सकेन। दोस्रो हाफको शुरुमै गोल खान पुग्यो।
४७औं मिनेटमा जे रोड्रिग्वेजले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले वाउट वेगह्रसटको पासमा गोल गर्न सफल भएका थिए। त्यसपछि थप गोल निस्नक नसक्दा खेल बराबरीमा टुंगियो। प्रशिक्षक राल्फ रागनिकले भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई दोस्रो हाफमा मैदान पठाएपनि उनले गोल गर्न सकेनन्।
रोनाल्डोले क्लबका लागि अन्तिम गोल गरेको एक महिनाभन्दा बढी भइसकेको छ। उनले यस अवधिमा लगातार ५ खेलमा गोल गर्न असफल भएका छन् जुन सन् २०१० मा रियल म्याड्रिडसँगको समान दौडपछि उनको क्लबका लागि गोलविनाको सबैभन्दा लामो खडेरी हो।