भिटामिन-डी मानव स्वास्थ्यको लागि निकै महत्त्वपूर्ण हुन्छ र यो सबैलाई थाहा नै छ। भिटामिन- डीको मुख्य स्रोत घाम हो। एक रिपोर्ट अनुसार बितेको कवही वर्षमा दुनियाभरको मान्छे भिटामिन डिको शरीरमा कमी हुनाले मुटु सम्बन्धि रोग लागेर बिरामी भएका छन्।

भिटामिन डीको कमीलाई पूरा गर्नको लागि मानिसहरु धेरै सप्लिमेन्टको सहारा पनि लिन्छन् तर थुप्रैले चिकित्सकको सल्लाह लिनुअघि नै सप्लिमेन्ट लिन थाल्छन् । जुन कुनै न कुनै समस्याको कारण पनि बन्न सक्छ। थाहा पाउनुहोस् शरीरलाई भिटामिन डीको कमीबाट कसरी जोगाउने :
भिटामिन-डीको मुख्य स्रोत सूर्यको किरण हो, जसले हाम्रो शरीरमा क्याल्सियम र फस्फेटको मात्रा नियन्त्रण गर्न मद्दत गर्दछ। साथै क्याल्सियम र फस्फेटको सन्तुलनले शरीरमा हड्डी, दाँत र मांसपेशीलाई स्वस्थ र बलियो राख्छ।

तर धेरै पटक चिसो मौसममा मानिसको शरीरमा मांसपेशी र हड्डीसँग सम्बन्धित दुखाइ अचानक सुरु हुन्छ। यस्तो भनेको कतै न कतै भिटामिन डीको मात्रा घटेको संकेत हो ।
थुप्रैपटक भिटामिन-डीको स्तर घट्दा कोरोनाको गम्भीर खतरासहित धेरै गम्भीर रोग पनि लाग्न सक्छ। हालै गरिएको एक अध्ययनलाई विश्वास गर्ने हो भने, कोभिड संक्रमण अघि भिटामिन-डीको स्तर महामारीको गम्भीर रूपसँग सम्बन्धित छ र हड्डीले स्वास्थ्यमा महत्त्वपूर्ण भूमिका खेल्छ। मानव शरीरमा यसको सप्लिमेन्टको स्तर घट्यो भने अटोइम्यून, मुटु र संक्रमक रोगको जोखिम पनि बढ्छ ।

यस्तै महामारीको प्रारम्भिक चरणमा स्वास्थ्य सेवासँग सम्बन्धित अधिकारीले मान्छेलाई भिटामिन डी लिन प्रोत्साहन गरेका थिए र उनीहरु अनुसार यसले इम्युन प्रतिक्रियालाई प्रोत्साहित गर्ने भूमिका निभाउँछ।

डीको ४० एनजी-एमएल भन्दा कम हुने व्यक्ति ४० एनजी-एमएल बढी हुने बिरामीहरूको तुलनामा गम्भीर र नाजुक हुने १४ गुणा बढी रहन्छ। यति मात्र नभई पर्याप्त भिटामिन डी हुने रोगीको मृत्युको दर २.३ प्रतिशत पैइएको थियो भने भिटामिनको कमी हुने रोगीको २५.६ प्रतिशत पाईएको थियो।

