नेयमारका लागि समयले नेटो का-ट्दै, रियल विरुद्ध खेल्ने नखेल्ने बारे अझै अन्योल !

युरोपको नजर पेरिस सेन्ट-जर्मेनको च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा अर्को मंगलबार राति रियल म्याड्रिड विरुद्धको खेलमा हुनेछ। दुई महारथी बीचको यो भिडन्तमा विश्वका उत्कृष्ट भन्दा उत्कृष्ट खेलाडी मैदानमा उत्रिनेछन्।

दुबै टोली आफ्नो उत्कृष्ट ११ मैदानमा उतार्ने दाउमा हुनेछ माउरिसियो पोचेटिनोले आफ्नो पहिलो रोजाइको आक्रमण पङ्क्ति मैदानमा उतार्ने सम्भावना कम रहेको छ किनकि ब्राजिलियन स्टार नेयमार चोटका कारण अझै पनि मैदान बाहिर रहेका छन्। यसैबीच यस हप्ता नेयमार प्रशिक्षणमा फर्किएको केही तस्बीरहरु पनि देखा पर्न थालेका छन्।

यद्यपि, L’Equipe ले नेयमार शुक्रबार राति रेनेस विरुद्ध घरेलु मैदानमा पीएसजीको लिग १ खेलमा भाग नलिने घोषणा गरेको छ। जसकारण पनि केही दिन पछि रियल म्याड्रिड विरुद्ध हुने खेलमा ३० वर्षिय खेलाडी मैदानमा उत्रिने सम्भावना कम देखिएको छ। गत नोभम्बरमा खुट्टाको चोटका कारण नेयमारले त्यसपछि एक खेल पनि खेलेका छैनन्। सबैभन्दा राम्रो अवस्थामा, पूर्व बार्सिलोना स्टारले बेन्चमा स्थान लिन सक्षम हुनेछन्।

 

View this post on Instagram

 

A post shared by NJ 🇧🇷 (@neymarjr)

सर्जियो रामोस अर्का खेलाडी हुन् जो चोटको सामना गरिरहेका छन् र उनी आफ्नो पूर्व क्लब रियल म्याड्रिड विरुद्ध खेल्ने सम्भावना छैन बराबर नै रहेको छ। जसपछि उनको लक्ष्य भनेको एस्टाडियो सान्टियागो बर्नाबेउमा दोस्रो लेग खेल्न समयमै फर्कने हुनेछ।

पोचेटिनोका लागि अर्को टाउको दुखाईको विषय हुनसक्छ एन्जेल डी मारियाको अवस्था, जसले गत आइतबार लिल विरुद्ध हल्का मांसपेशीको तनाव महशुस गरेपछि शुक्रबार रेनेस विरुद्ध खेल्ने अपेक्षा गरिएको छैन। रियल म्याड्रिड विरुद्ध भने उनी मैदान फर्किने वा नफर्किने बारे पूर्ण जानकारी छैन।

प्रकाशित : बुधबार, माघ २६, २०७८१६:०६

रोनाल्डो माथि फेरी भड्किए समर्थक, यस्तो हर्कत गरेपछि भयो खुब आलोचना [भिसियो सहित]