रोनाल्डो माथि फेरी भड्किए समर्थक, यस्तो हर्कत गरेपछि भयो खुब आलोचना [भिसियो सहित]

म्यानचेस्टर युनाइटेडको बर्नलीसँग १-१ को निराशाजनक बराबरी खेलेको अन्तिम सिट्ठीसँगै पिचबाट सिधै दौडेपछि क्रिस्टियानो रोनाल्डोको फ्यानहरूले आलोचना गरेका छन्।

राल्फ रांगनिकको टोली पहिलो आधा घण्टा खेलमा पूरा तरिकाले हावी देखिएको थियो र युनाइटेड त्यो वर्चस्वलाई सदुपयोग गर्दा १८ औं मिनेटमा पल पोग्बाले सिजनको आफ्नो पहिलो गोल गरे। जसपछि पनि म्यानचेस्टरले आफ्नो वर्चस्व कायम राख्न सफल भएको थियो। उनीहरुले उक्त खेल पहिलो हाफमा नै अन्त्य गर्न सक्थे यदि युनाइटेडले गरेका दुई गोलले मान्यता पाएको भए। तर तालिकाको अन्तिममा रहेको बर्नली हाफ पछि बिल्कुलै फरक टोली देखियो।

दोस्रो हाफको दुई मिनेट भित्र नै जे रोड्रिग्वेजले डेभिड डे गियालाई पछि बिट गर्दै आफ्नो करियरको १०० औं गोल गर्न सफल भए। जसपछि युनाइटेड कतै पनि खेलमा देखिएन। रेड डेभिल्सका लागि यो सुनौलो मौका रहेको थियो टप ४ मा कायम रहनको लागि तर उनीहरुले उक्त मौका गुमाउन पुगे।

र खेल सकिए लगत्तै, दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका क्रिस्टियानो रोनाल्डो सिधै ड्रेसिङ रूम तर्फ लम्किए, जुन देखेर युनाइटेड प्रशंसक पुन: एक पटक निराश भए। उनको यस्तो हर्कतले पक्कै पनि सामाजिक सञ्जालमा प्रतिक्रिया खिच्यो।

एक ट्विटर प्रयोगकर्ताले लेखे: “रोनाल्डोको अवास्तविक मानसिकता छ र बर्नलीसँग बराबरी, र १० वर्ष यता कै आफ्नो सबैभन्दा खराब गोल खडेरीमा जाँदा, निस्सन्देह उनी निराश छन्। तर, फ्यानहरू यसको योग्य छैनन्। जे भएपनि खेलाडीले दर्शकलाई धन्यबाद दिनुपर्छ।”

अर्काले टिप्पणी गरे: “फ्यानहरूमा फेरि स्तब्ध हुनु पर्दैन।”

तेस्रोले लेखे, “तपाईं को हुनुहुन्छ वा तपाईं कति राम्रो हुनुहुन्छ भन्ने कुराको वास्ता नगर्नुहोस्, तपाईंले फ्यानहरूलाई ताली दिनुहोस् जसले यात्रा गरेर तपाईंले खेलेको हेर्नको लागि भुक्तान गरेको छ।”

प्रकाशित : बुधबार, माघ २६, २०७८१७:०६

१३ वर्षकै खराब अवस्थामा रोनाल्डो, गोलको खडेरी नै लाग्यो !