१३ वर्षकै खराब अवस्थामा रोनाल्डो, गोलको खडेरी नै लाग्यो !

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कम्जोर लय अझै जारी छ। प्रिमियर लिग म्यानचेस्टर युनाइटेडमा रोनाल्डो यति बेला करियरकै एक प्रमुख गोल खडेरीसँग जुधिरहेका छन्। मंगलबार राति प्रिमियर लिगको पुछारमा रहेको बर्नले विरुद्धको खेलमा समेत रोनाल्डोले गोल गर्न सकेनन्।

बर्नले सहित रोनाल्डोले पछिल्ला पाँच खेलमा गोल गर्न सकेका छैनन्। बताइएअनुसार, यो गोल खडेरी रोनाल्डोको करियरकै प्रमुख मध्ये एक हो। सन् २००८-२००९ यताकै लामो गोल खडेरीबाट रोनाल्डो यति बेला गुज्रिरहेका छन्।

यसै सिजन युभेन्टसबाट युनाइटेड आएका रोनाल्डोले अहिले सम्म युनाइटेडका लागि २९ खेल खेलेका छन्। जसमा उनले १९ गोल गर्दै ४ असिस्ट दिएका छन्। प्रिमियर लिगमा रोनाल्डोले युनाइटेडका लागि १९ खेल खेल्दा ८ गोल गर्दै ३ असिस्ट दिएका छन्।

रोनाल्डोले सिजनको शुरुवातमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यसबेला उनले युनाइटेडका लागि लगातार गोल गरेका थिए। जारी सिजनमा रोनाल्डोले जति गोल गरेका छन्, लगभग सबै सिजनको शुरुवातमा भएका हुन्।

पछिल्लो पटक रोनाल्डोले युनाइटेडका लागि गत डिसेम्बरको अन्तिममा गरेका थिए। त्यसबेला उनले बर्नले विरुद्ध गोल गरेका थिए। त्यसयता रोनाल्डोले कुनै पनि खेलमा गोल गर्न सकेका छैनन्। त्यसयता रोनाल्डोले समग्रमा ७ खेल खेलिसकेका छन्। त्यसमध्ये ५ खेल प्रिमियर लिग अन्तर्गतका थिए।

प्रकाशित : बिहिबार, माघ २७, २०७८१६:२१

लिभरपुलसँग रहेन विकल्प, यी दुई मध्ये एक खेलाडीलाई छिट्टै बेच्ने !