ज्योतिष शास्त्र अनुसार ४ राशि भएका व्यक्तिहरुको सुनौलो दिन सुरु हुन गइरहेको छ। फेब्रुअरी १३ मा सूर्य भगवानको राशि परिवर्तनले यी व्यक्तिहरूको भाग्य खोल्नेछ। ज्योतिष शास्त्रमा सूर्यलाई सफलता, सम्मान, स्वास्थ्य, पिताको कारक मानिन्छ। शनिको राशि कुम्भ राशिमा सूर्यको प्रवेशले यी व्यक्तिहरूलाई बलियो लाभ दिनेछ। जान्नुहोस् २०२२ को फेब्रुअरीको दोस्रो सातामा हुने सूर्यको गोचरले कुन राशिका मानिसलाई फाइदा पुग्छ ?
मेष राशि
मेष राशिका लागि सूर्यको राशि परिवर्तन निकै शुभ रहनेछ। व्यापार–व्यवसायमा मेहनतको फल सोचेभन्दा बढी मिल्नेछ। पदोन्नति मिल्नेछ, ठूलो सम्झौता हुनसक्छ। पारिवारिक वातावरण सुखमय रहनेछ।
वृष राशि
सूर्यको राशि परिवर्तनले वृष राशिका लागि सुनौलो दिन ल्याउनेछ। कार्यस्थलमा प्रशस्त लाभ मिल्नेछ। सामाजिक क्षेत्रमा तपाईंको मान-सम्मानमा वृद्धि हुनेछ। आम्दानी पनि बढ्न सक्छ र रोकिएको पैसा पनि प्राप्त हुन सक्छ। समग्रमा यो समयले ठूलो लाभ दिनेछ।
मिथुन राशि
सूर्यको राशि परिवर्तनले मिथुन राशिका व्यक्तिहरूलाई पनि धेरै लाभ दिनेछ। धन लाभ मिल्ने पूर्ण सम्भावना रहेको छ। कुनै क्षेत्रमा लगानी गर्नको लागि यो समय राम्रो रहनेछ। पुरानो लेनदेन बाँकी छ भने त्यो पनि मिलाउनु पर्नेछ। समाज वा करियरमा पद प्राप्त गर्न सकिनेछ। मान सम्मान बढ्नेछ।
मकर राशि
मकर राशिका लागि सूर्यको गोचरले केही शुभ समाचार दिनेछ। विशेषगरी रोजगारी भएका मानिसको लागि विशेष लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउन सक्छ। बेरोजगारहरुले रोजगारी पाउन सक्नेछन्। आम्दानीमा वृद्धि हुनुका साथै आर्थिक अवस्था राम्रो हुनेछ। घरमा सुख-समृद्धि रहनेछ।