सिटीलाई लिभरपुलले भेट्टाउन सक्ला ? यसो भन्छन् रोबर्टसन !

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुलका फुल-ब्याक एन्ड्रयू रोबर्टसनले म्यानचेस्टर सिटीसँगको अंक दूरी कम भइनसकेको बताएका छन्। बिहिबार राति प्रिमियर लिगमा लेस्टर सिटीलाई पराजित गरेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा सिटीसँगको अंक दूरी अझै कम भइनसकेको बताएका हुन्।

बीटी स्पोर्टसँग कुराकानी गर्दा रोबर्टसनले अंग दूरी अझै ठूलो रहेको बताए। सबै प्रश्नको जवाफ राम्रो नतिजाले मात्रै दिन सक्ने रोबर्टसनको भनाई छ। रोबर्टसनले भने,”हामीले प्रश्नहरूको जवाफ दिन सक्ने एकमात्र तरिका राम्रो परिणाम मात्रै हो। राम्रो नतिजा निकाल्न सके सबैको जवाफ हुन्छ। तर सिटीसँगको ग्याप अझै ठूलो छ।”

रोबर्टसनले अरु क्लबहरुको नतिजा हेर्ने भन्दा पनि आफ्नो खेललाई बढी ध्यान दिनुपर्ने बताए। रोबर्टसनका अनुसार लिभरपुलको प्राथमिकता आफ्ना खेलहरुमा छ। लिभरपुल चार प्रतियोगिताहरुमा प्रतिष्पर्धा गरिरहेको रोबर्टसनको भनाई छ।

“हामीले आफ्नो खेलमा बढी ध्यान दिनुपर्छ। हामीले उनीहरूमाथि दबाब कायम राख्नुपर्छ। आशा छ यो रोमाञ्चक प्रतिष्पर्धा हुनेछ। हामी अझै चार प्रतियोगिताहरूमा प्रतिष्पर्धा गरिरहेका छौँ।”,रोबर्टसनले भने।

सिटीसँगको अंक दूरी

लेस्टर सिटी विरुद्धको खेलमा जित निकालेसँगै लिभरपुलले सिटीसँगको अंक दूरीलाई घटाएको छ। एक खेल बढी खेलेको सिटीको ६० अंक छ भने लिभरपुलको ५१ अंक छ। २४ खेलमा सिटीले १९ जित निकाल्दा लिभरपुलले १५ जित निलालेको छ भने दुवैले २-२ खेलमा हार बेहोरेका छन्।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१२:५४

“एक खेल जित्दा आर्सनलले प्रिमियर लिग नै जिते जस्तो गर्यो”