यस्ता ४ गुण भएकी पत्नीको पति हुन्छन् निकै भाग्यशाली, लक्ष्मी समान हुन्छन् यस्ता पत्नी !

कूटनीति, अर्थशास्त्र बाहेक आचार्य चाणक्यले सम्बन्ध, समाजका विषयमा यस्ता धेरै उपाय दिएका छन्, जुन मानिसको जीवन निकै सफल हुने मुख्य मन्त्र हुनसक्छ। चाणक्य नीतिका यी कुराहरू आज पनि सान्दर्भिक छन्। नीति शास्त्रमा पनि महिला र पुरुषको पुण्य र दोषको उल्लेख गरिएको छ। यस अनुसार यस्ता पुरुष धेरै भाग्यमानी हुन्छन् जसको श्रीमतीमा ४ विशेष गुण हुन्छन्। चाणक्य नीतिका अनुसार जुन महिलामा यी गुणहरू हुन्छन्, उनीहरूको सम्पूर्ण परिवार सधैं सुखी रहन्छ। समस्या आए पनि छिट्टै समाधान खोज्न सफल हुन्छन्। यसका साथै उनका सन्तानले पनि निकै सफल र खुसी जीवन बिताउन सफल हुन्छन्।

धार्मिक तथा संस्कारी महिला 

शिक्षित र संस्कारी नारी, धार्मिक ग्रन्थहरूको ज्ञान भएको, सही र गलत छुट्याउन सक्षम, यस्तो महिलाले आफैं पनि राम्रो व्यवहार गर्छिन् र बच्चाहरूलाई पनि संस्कारी बनाउँछिन्। जुन घरमा यस्तो नारी हुन्छन्, त्यो घर सधैं सुखी रहन्छ। यससँगै यस्ता महिलाले समाजमा धेरै प्रतिष्ठा पाउँछन्।

बचत गर्ने महिला 

यस्तो महिला जसले कठिन समयका लागि केही पैसा बचत गर्छिन्, उनको पति धेरै भाग्यशाली हुन्छन्। यस्तो समझदार महिलाले आफ्नो परिवारलाई हरेक कठिनाइबाट बचाउने साहस गर्छिन्। यसले, कठिन समयमा परिवारलाई कसैको अगाडि हात फैलाउनबाट बचाउँछ।

कुशल व्यवहार तथा विनम्र स्वभाव 

यस्तो नारी जसले आफन्त, समाजमा सबैलाई राम्रो व्यवहार गर्छिन्, त्यो परिवारसँग सबै मानिस राम्रो सम्बन्ध बनाउँछन्। त्यो घरमा आफन्त, सन्त, महात्माहरू खुसीसाथ आएर आशीर्वाद दिन्छन्।

धैर्य महिला 

यस्तो महिला जो धैर्यवान हुन्छिन्, उनको पति धेरै भाग्यशाली हुन्छन् किनभने यस्ता महिलाले धैर्यताका साथ हरेक कठिनाइको सामना गर्छिन् र आफ्नो पतिको लागि बलियो ढाल बन्छिन्। यदि यस्तो महिला आफ्नो साथमा छिन् भने, पुरुषले हरेक चुनौतीलाई सजिलै पार गर्न सक्छ।

प्रकाशित : शुक्रबार, माघ २८, २०७८१७:०४

भोलि माघ २९ गते शनिबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् भोलिको राशिफल !