ज्योतिष शास्त्रमा ग्रहहरुको संयोजनको विशेष महत्त्व रहेको छ। जब दुई वा बढी ग्रहहरू संयोजनमा हुन्छन्, यसले हरेक मानिसको जीवनलाई असर गर्छ। फेब्रुअरी १३, २०२२ मा, सूर्य र बृहस्पतिको संयोग कुम्भ राशिमा हुन गइरहेको छ। यी ग्रहहरुको संयोगको प्रभाव सबै राशिहरुमा पर्ने भए पनि ५ राशिका लागि यो विशेष लाभदायी साबित हुनेछ। कुन-कुन राशिका लागि सूर्य र बृहस्पतिको संयोग शुभ रहनेछ ? जान्नुहोस्…
मेष राशि
सूर्य र बृहस्पतिको संयोग मेष राशिका व्यक्तिका लागि लाभदायी साबित हुने देखिन्छ। जीवनको हरेक क्षेत्रमा उन्नतिको अवसर मिल्नेछ। साथै परिवारमा खुसीको वातावरण रहनेछ। तपाईले यस संयोजनको अवधिमा बचत गर्न सक्षम हुनुहुनेछ।
कर्कट राशि
कर्कट राशिका व्यक्तिहरूले यो समयमा नयाँ योजनाको थालनी गर्न सक्छन्। साथै यो राशिका व्यक्तिहरुको करियरमा पनि सकारात्मक परिवर्तन आउन सक्छ। सूर्य र बृहस्पतिको संयोगले पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। यसका साथै आम्दानीमा पनि वृद्धि हुनेछ। व्यापार व्यवसायमा आर्थिक उन्नति हुनेछ।
कन्या राशि
सूर्य-बृहस्पतिको संयोगले हरेक काममा शुभ फल दिनेछ। नोकरीमा पदोन्नति हुन सक्छ। यस समयमा व्यापारमा आम्दानी बढ्नेछ। आर्थिक योजना सफल हुनेछन्। यस बाहेक व्यक्तिगत जीवनमा पनि फाइदा हुनेछ। समग्रमा ग्रहको संयोगले तपाईंका लागि भाग्यशाली साबित हुनेछ।
धनु राशि
यस समयमा तपाईले कडा परिश्रमको पूर्ण लाभ प्राप्त गर्नुहुनेछ। जागिरमा तलब बढ्ने सम्भावना पनि छ। व्यापार व्यवसायमा गरेको मिहिनेतले पूर्ण लाभ मिल्नेछ। साथीभाइबाट आर्थिक सहयोग मिल्नेछ। साझेदारी व्यवसायमा लाभ हुनेछ।
कुम्भ राशि
आर्थिक दृष्टिले ग्रहको मिलन लाभदायी साबित हुनेछ। तपाईको आर्थिक स्थिति निकै मजबूत हुनेछ। व्यापार व्यवसायमा विस्तार हुनाले आर्थिक लाभ हुनेछ। यस अवधिमा गरेको लगानी पनि लाभदायक हुन सक्छ। घर-जग्गा तथा सम्पत्ति बढ्नेछ।