एजेन्सी – प्रिमियर लिगमा आज म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनको सामना गर्दैछ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा युनाइटेडले साउथह्याम्पटनको सामना गर्न लागेको हो। पछिल्लो खेलमा बराबरी खेलेका कारण युनाइटेड आज जित्नै पर्ने दबावमा हुनेछ।
प्रिमियर लिगको पछिल्लो खेलमा युनाइटेड बर्नलेसँग बराबरीमा रोकिएको छ। युनाइटेड शिर्ष चारमा पर्दै च्याम्पियन्स लिगमा छनौट हुने अभियानमा छ। त्यसको लागि युनाइटेडले सिजनमा बाँकी खेलमा धेरै भन्दा धेरै जित निकाल्नुपर्ने हुन्छ।
युनाइटेड प्रिमियर लिगको छैठौं स्थानमा छ। सिजनका २३ खेल खेल्दा युनाइटेडले मात्रै ११ जित निकालेको छ। युनाइटेड अहिले सम्म ६ पटक पराजित भएको छ भने ६ खेलमा बराबरी खेलेको छ। युनाइटेडको ३९ अंक छ।
युनाइटेड भन्दा अगाडी रहेको आर्सनलको पनि ३९ अंक छ। आर्सनलले युनाइटेड भन्दा १ कम खेल खेलेको छ। त्यस्तै चौंथो स्थानमा रहेको वेस्ट ह्यामले भने युनाइटेड भन्दा १ खेल बढी खेलेको छ। वेस्ट ह्यामको ४० अंक छ। आजको खेलमा जित निकाल्न सकेको खण्डमा युनाइटेड शिर्ष चारमा उक्लिनेछ।
त्यस्तै साउथह्याम्पटन भने लिगको १० औं स्थानमा रहेको छ। साउथह्याम्पटनले सिजनका २३ खेल खेल्दा मात्रै ६ खेलमा जित निकालेको छ। साउथह्याम्पटनले अहिले सम्म ७ खेलमा हार बेहोरिसकेको छ भने १० खेलमा बराबरी खेलेको छ।
खेल कुन च्यानलमा हेर्ने ?
खेल नेपालका कुनै पनि च्यानलले प्रशारण गर्दैनन्। खेल हेर्नको लागि भारतीय च्यानलको भर पर्नुपर्नेछ। खेल स्टार स्पोर्ट्स सेलेक्ट वानमा हेर्न सकिनेछ।