काठमाडौँ : ज्योतिष शास्त्रमा १२ वटा राशिको उल्लेख गरिएको छ। प्रत्येक राशिसँग सम्बन्धित व्यक्तिको व्यक्तित्व र स्वभाव फरक फरक हुन्छ। ज्योतिष शास्त्रका अनुसार १२ राशि मध्ये ४ राशि यस्ता हुन्छन् जससँग सम्बन्धित व्यक्तिहरु निकै मिलनसार हुन्छन्। यी राशिका मानिसले पहिलो भेटमै कुनै पनि मानिसको मन जित्छन्। यस बाहेक उनीहरु उपस्थित भएको जस्तोसुकै जमघटमा पनि आफ्नो छाप छोड्न सफल हुन्छन्। यति मात्र होइन, यी राशिका व्यक्तिहरूले आफ्नो जीवन स्वतन्त्र रूपमा बाँच्छन्। यी राशि चिन्हहरू बारे थप जान्नुहोस्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
यो राशिका मानिसहरु मजाकी स्वभावका हुन्छन्। यी मानिस जस्तो सुकै भिडमा पनि आफ्नो छाप छाड्न सफल हुन्छन्। यस राशिका मानिसहरु आफ्नो जीवन खुलेर र खुसीसाथ बिताउँछन्। यस राशिका मानिस निकै मिलनसार स्वभावका हुने गर्छन्। शुक्र ग्रहको प्रभावले यस राशिका मानिसहरु कलाप्रेमी हुन्छन्।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
मिथुन राशिका मानिसहरु धेरै मिलनसार हुन्छन्। यो राशिका मानिसले पहिलो भेटमै कसैको मन जित्छन्। यसका साथै यस राशिका मानिसहरुको सेन्स अफ ह्युमर निकै गजबको हुन्छ। यो राशिका मानिसहरु रिसमाथि नियन्त्रण राख्ने गर्दछन्। मिथुन राशिका मानिसहरुमा बुध ग्रहको विशेष कृपा रहन्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
धनु राशिका मानिसहरु नम्र स्वभावका धनी हुन्छन्। यस राशिका व्यक्तिहरूले कुनै पनि निर्णय धेरै सावधानीपूर्वक लिन्छन्। यस बाहेक यो राशिका मानिसहरुले जीवनको हरेक पलको आनन्द लिन्छन्। यसका साथै यी मानिस अरुसँग निकै मिलनसार हुन्छन् र रमाइलोसँग सबैसँग घुलमिल हुने प्रयास गर्छन्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका मानिसहरु हँसिलो स्वभावका हुन्छन्। तिनीहरू हरेक परिस्थितिलाई गम्भीरतापूर्वक र शान्तपूर्वक डिल गर्छन्। कसैसँग भेटघाट गर्दा यी मानिसको मुहारमा सधैं मुस्कान हुने गर्छ। यसबाहेक उनीहरु मित्रता राम्रोसँग निभाउन सक्षम हुन्छन्। यस राशिका मानिसहरूमा बृहस्पतिको विशेष कृपा हुन्छ।