एजेन्सी – बार्सिलोनाका खेलकुद निर्देशक माटेउ अलेमानीले लियोनेल मेस्सीको बहिर्गमन बारे मुख खोलेका छन्। एक साक्षत्कारका क्रममा अलेमानीले मेस्सीको बहिर्गमन बारे मुख खोलेका हुन्।
एलएसइ खेलकुद व्यापार सम्मेलनमा अलेमानीले मेस्सीको बहिर्गमन बारे टिप्पणी गर्दै सबै भन्दा माथि क्लब हुने बताए। मेस्सीको बहिर्गमनलाई आश्चर्यको रुपमा लिने भन्दा पनि समय अनुसारको यथार्थको रुपमा लिनुपर्ने अलेमानीको भनाई छ। सबै भन्दा माथि क्लबलाई राखेर नै मेस्सीको विषयमा निर्णय गरिएको अलेमानीले बताए।
“लियो मेस्सीको बहिर्गमन दुर्भाग्यवश कुनै आश्चर्य थिएन। त्यो यथार्थ थियो। उनलाई अड्याउन क्लबले नचाहेको कुरामा सामेल हुनु पर्थ्यो। त्यसपछि हामीले सबै भन्दा माथि क्लब हुने निर्णय गर्यौं।”,अलेमानीले भने।
सो सम्मेलनमा अलेमानीले मेस्सीको बहिर्गमनले बार्सिलोनालाई धेरै असर पारेको पनि बताए। मेस्सीको बहिर्गमनले बार्सिलोनालाई व्यावसायिक रुपमा धेरै घाटा पुगेको अलेमानीको भनाई छ। उनले बताएकी मेस्सीको बहिर्गमन पछि बार्सिलोनाले व्यापारिक रुपमा धेरै गुमायो।
उनले भने,”मेस्सीको बहिर्गमन पछि हामीले व्यापारिक रूपमा धेरै गुमाएका छौं। मेस्सी क्लब भित्र एक अत्यन्त महत्त्वपूर्ण सम्पत्तिको रुपमा थिए। यो स्पष्ट छ कि मेस्सी गएपछि हामीले धेरै व्यावसायिक चासो गुमायौं। मेस्सी र हामी एक दिन छुटिनु त छँदै थियो। हामी अहिले क्लबको पुनः निर्माणमा जुटिसकेका छौँ।”