चोलेन्द्र विरुद्ध महाभियोग, प्रधानन्यायाधीशबाट सोझै निलम्बित !

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ। प्रधानन्यायाधीश जबराविरुद्ध आइतबार महाभियोग प्रस्ताव दर्ता भएको हो।

आइतबार बिहान सत्ता गठवन्धन सम्वद्ध सांसदहरूले महाभियोग दर्ता गराएको संसद सचिवालयले जनाएको छ। राणाविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जनाले सांसदले हस्ताक्षर गरेको बताइएको छ।

जबरा माथि न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको लगायतका आरोप लाग्दै आएका छन्। प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसनसमेत निरन्तर आन्दोलन गर्दै आएको छ।

संविधानको धारा १०१ को उपधारा २ मा प्रधानन्यायाधीश वा सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषदका सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारीका विरुद्ध महाभियोग प्रस्ताव ल्याउन सक्ने व्यवस्था छ। सोहि व्यवस्था अनुसार उनी माथि महाभियोग दर्ता गरिएको बताइएको छ।

प्रतिनिधिसभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले महाभियोग प्रस्ताव पेश गर्न सक्ने व्यवस्था छ। र सो प्रस्ताव पारित हुन दुई तिहाई बहुमत आवश्यक पर्नेछ। संसदमा महाअभियोग दर्ता भएपछि प्रधानन्यायाधीश राणा स्वत: निलम्बनमा परेका छन्।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१२:०६

नेप्सेमा पहिरो: चुर्लुम्मै डुबे यी कम्पनी ! कुन-कुन ? [सूची सहित]