सकिए रोनाल्डोका दिन, गोल गर्न नसकेको जुग बित्यो ! कति खेल ?

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कम्जोर लय अझै जारी छ। प्रिमियर लिग म्यानचेस्टर युनाइटेडमा रोनाल्डो यति बेला करियरकै एक प्रमुख गोल खडेरीसँग जुधिरहेका छन्। शनिबार राति प्रिमियर लिग अन्तर्गत साउथह्याम्प्टन विरुद्धको खेलमा पनि रोनाल्डोले गोल गर्न सकेनन्।

रोनाल्डो गोलविहिन् भएको यो आठौँ खेल हो। रोनाल्डोले यस अगाडीका सात खेलमा गोल गर्न सकेका थिएनन्। रोनाल्डोले पछिल्ला ६ प्रिमियर लिगका खेलमा गोल गर्ने सकेका छैनन्। त्यस्तै दुई कप प्रतियोगितामा पनि रोनाल्डो गोलविहिन् रहेका थिए।

पछिल्लो पटक रोनाल्डोले युनाइटेडका लागि गत डिसेम्बरको अन्तिममा गरेका थिए। त्यसबेला उनले बर्नले विरुद्ध गोल गरेका थिए। त्यसयता रोनाल्डोले कुनै पनि खेलमा गोल गर्न सकेका छैनन्। त्यसयता रोनाल्डोले समग्रमा ८ खेल खेलिसकेका छन्। त्यसमध्ये ६ खेल प्रिमियर लिग अन्तर्गतका छन्।

१३ वर्षकै लामो गोल खडेरी

रोनाल्डोले यति लामो समय सम्म गोल गर्न नसकेको धेरै पछि हो। यस भन्दा अगाडी रोनाल्डो गोल खडेरीबाट गुज्रिएपनि यति लामो गोल खडेरीबाट गुज्रनुपरेको थिएन।

बताइएअनुसार, यो गोल खडेरी रोनाल्डोको करियरकै प्रमुख मध्ये एक हो। सन् २००८-२००९ यताकै लामो गोल खडेरीबाट रोनाल्डो यति बेला गुज्रिरहेका छन्।

यसै सिजन युभेन्टसबाट युनाइटेड आएका रोनाल्डोले अहिले सम्म युनाइटेडका लागि २६ खेल खेलेका छन्। जसमा उनले १४ गोल गर्दै ३ असिस्ट दिएका छन्। प्रिमियर लिगमा रोनाल्डोले युनाइटेडका लागि २० खेल खेल्दा ८ गोल गर्दै ३ असिस्ट दिएका छन्।

प्रकाशित : आइतबार, फागुन ०१, २०७८१४:५१

पोचेटिनो युनाइटेडमा, केनलाई पनि तान्ने !