म्यानचेस्टर युनाइटेडको प्रिमियर लिगमा साउथह्याम्प्टन विरुद्धको खेलमा क्रिस्टियानो रोनाल्डोले ओल्ड ट्राफोर्डमा एक विचित्र घटनामा टोलीका साथी एन्थोनी इलाङ्गालाई गल्तिले थुकेको देखियो।
म्यानचेस्टर युनाइटेडले सेन्ट्स विरुद्ध १-१ को बराबरीको निराशाजनक नतिजाका साथ मात्र फर्किन सक्यो, तर खेलपछि सामाजिक सञ्जालमा सबैभन्दा बढी ध्यान रोनाल्डोले इलाङ्गासँग गरेको घटनामा रह्यो।
एलान्गाको पछाडि उभिएका पोर्चुगिज स्टारले आफ्नो दाहिने तर्फ थपथपाउदै उनको दाहिने हातमा थुकेको जस्तो देखिएको थियो, जब यी दुई खेलाडी पिचबाट हिँडिरहेका थिए।
https://twitter.com/i/status/1492507770838528003
यस घटना रोनाल्डोबाट जानाजानी भएको कुनै संकेत देखिएको छैन। तर रोनाल्डो यस घटना भन्दा पनि लगातार छैटौं खेलमा गोल गर्न असफल भएकोमा बढी निराश भएको हुनुपर्छ।
साउथह्याम्प्टन विरुद्धको नतिजा युनाइटेडका लागि निकै ठूलो झटका थियो किनकि यस निराशाजनक नतिजाका साथ युनाइटेड च्याम्पियन्स लिग स्थानको लागि दौडमा निकै पछि परेका छन्। रेड डेभिल्सका दुई मुख्य प्रतिद्वन्द्वी – वेस्ट ह्याम र टोटेनहम आइतबार आ-आफ्ना खेल खेल्दै छन्। युनाइटेडले आफ्नो अर्को खेलमा मंगलबार ब्राइटनको सामना गर्नेछ, जुन खेलमा राल्फ राग्निकको टोली आफ्नो जीतबिहिन यात्रा अन्त्य गर्ने लक्ष्यमा रहनेछ।