युनाइटेडमा भयो रोनाल्डोको यस्तो बिजोक, देख्ने सबैको मन रुन्छ ! [भिडियो सहित]

शनिबार म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटन विरुद्ध बराबरी गोल खाँदा क्रिस्टियानो रोनाल्डोको प्रतिक्रिया अहिले सामाजिक सञ्जालमा खुब भाइरल हुन थालेको छ, जुन देखेर रोनाल्डो मात्र नभएर पूरै फुटबल समर्थकको मन रुन सक्छ।

शनिबार ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले आठ दिनमा तेस्रो पटक १–० को अग्रता लिएको अवस्थाबाट १-१ को बराबरीमा रकियो। साउथह्याम्पटनका चे एडम्सले गोल गर्दै जाडोन सान्चोले युनाइटेडलाई दिएको अग्रता रद्द गरे। जसपछि रोनाल्डोको प्रतिक्रिया beIN SPORTS क्यामेराहरूको कैदमा आयो।

रोनाल्डोले आफ्नो टोलीले गोल खाएपछि लामो सास छोड्नु र किक अफको लागि तयार हुनु अघि आकाशतिर हेर्दै निकै निराश मुहार पारेका थिए। यो त्यस्तो प्रकारको चीज हो जुन तपाईंले पाँच पटकको ब्यालोन डी’ओर विजेताबाट निकै कम मात्र देख्न सक्नुहुन्छ। ३७ वर्षय स्टार खेलाडीले २०२२ मा एक गोल पनि गर्न सफल भएका छैनन् भने हरेक खेलपछि युनाइटेड टप ४ मा पर्ने सम्भावना कम हुँदै गएको छ।

जब रोनाल्डोले समरमा युनाइटेडको ट्रान्सफर पूरा गरे, तब सायद नै कसैले यस्तो स्थितिको बारेमा सोचेका थिए। अहिले रोनाल्डोको यस्तो प्रतिक्रिया दिएको भिडियो जताततै भाइरल भइरहेको छ। यस्तोमा फ्यानहरूले यस भिडियोमा आ-आफ्नो प्रतिक्रिया दिएका छन् र उनीहरूलाई लाग्छ कि पोर्चुगल अन्तर्राष्ट्रिय हार मान्न धेरै नजिक छ।

एकजनाले कमेन्ट गरे: “मलाई फुटबलसँग प्रेम गराउने मानिसलाई यस्तो अवस्थामा हेर्न निकै गाह्रो छ।”

अर्कोले लेखे: “उनलाई यसरी देख्दा दुख लाग्छ, उनी अन्तिम व्यक्ति हुनुहुन्छ जो यसको योग्य छन्।”

जबकि अरू कसैले ट्वीट गरे: “निकै नराम्रो महसुस गर्दैछु, सायद उनले म्यान सिटी रोज्नुपर्थ्यो?”

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१५:१२

पिएसजी र पोचेटिनो बीच ‘डिभोर्स’ हुँदै, सम्बन्ध टुट्ने विन्दुमा पुग्यो !