रियल म्याड्रिड विरुद्ध मेस्सी चम्किने मार्किन्होसको अपेक्षा, भन्छन् – ‘मेस्सीले गति लिरहेका छन्,

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मार्किन्होस लियोनेल मेस्सीले गति लिरहेको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा मार्किन्होसले मेस्सी गति लिने क्रममा रहेको बताएका हुन्।

टेलिफुटसँगको अन्तर्वार्तामा च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडसँगको खेलमा मेस्सीसँग के अपेक्षा राख्न सकिन्छ भनेर प्रश्न गरिँदा मार्किन्होसले मेस्सी गति लिरहेको र त्यसले विपक्षीलाई गार्हो बनाउने बताए।

“मेस्सी महान खेलाडी हुन्, सँगै महान व्यक्तित्व पनि। लकर रुममा उनलाई पाउनु अद्भुत छ। मैले उनले पहिला नै धेरै पटक सामना गरेको छु। त्यसबेला उनले हामीलाई दुख दिने गर्थे। तर अहिले उनी हामीसँग छन्। उनी हाम्रो साथमा भएको मज्जा लिरहेको छु। उनी अहिले गति लिरहेका छन्।”,मार्किन्होसले भने।

त्यस्तै मार्किन्होसले मेस्सी पेरिसमा घुलमिल हुने क्रममा रहेको पनि बताए। मेस्सीको सहजताका लागि आफूहरुले धेरै प्रयास गरेको र अबपनि गर्ने मार्किन्होसको भनाई छ।

उनले भने,”उनी क्रमिक रुपमा सहज महसुस गरिरहेको मलाई लाग्छ। हामी उनलाई राम्रोसँग रहने प्रयास गरिरहेका छौँ। उत्कृष्ट गर्ने विश्वास उनीमा उत्पन्न होस् भन्ने हाम्रो चाहना छ। उनले ठूला खेलहरुमा धेरै कुरा ल्याउनेछन् भन्ने हाम्रो अपेक्षा छ।

च्याम्पियन्स लिगमा पिएसजीले केहि दिनमा रियल म्याड्रिडको सामना गर्दैछ। घरेलु मैदानमा हुने खेलमा मेस्सीले के कस्तो प्रदर्शन गर्ने हुन् भन्नेमा सबैको चासो छ।

प्रकाशित : सोमबार, फागुन ०२, २०७८१७:४६

“मेस्सीले पिएसजीमा इभ्राहिमोभिचको जस्तो प्रभाव पार्न सक्दैनन्”