एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)का पूर्व विंगर जेरोम रोथेनले पिएसजीमा लियोनेल मेस्सीले ज्लाटन इभ्राहिमोभिचको जस्तो प्रभाव पार्न नसक्ने दावी गरेका छन्। एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा रोथेनले इभ्राहिमोभिचको जस्तो राम्रो प्रभाव मेस्सीले पिएसजीमा छाड्न नसक्ने बताएका हुन्।
पिएसजीको इतिहाँस छोटो भएपनि क्लबमा राई सुजा भिएरा डे ओलिभेरा, लुइस फर्नान्डेज जस्ता खेलाडीहरुले राम्रो प्रभाव पारेको उल्लेख गर्दै मेस्सीलाई सोहि श्रेणीमा राख्न नमिल्ने रोथेनले बताए।
“मलाई लाग्दैन कि मेस्सीले इब्राहिमोभिचको जस्तो छाप छाड्न सक्छन्। पिएसजीको इतिहाँस छोटो छ। यहाँ राई सुजा भिएरा डे ओलिभेरा, लुइस फर्नान्डेज जस्ता महान खेलाडी थिए। अहिलेको अवस्थामा मेस्सीलाई उनीहरुको स्तरमा राख्न मिल्दैन।”,रोथेनले भने।
इभ्राहिमोभिचले पिएसजीमा चार वर्ष बिताएका थिए। त्यसबेला उनले पिएसजीका लागि धेरै राम्रो प्रदर्शन गरेका थिए। पिएसजी बसाईका क्रममा उनले १ सय ८० खेल खेल्दै १ सय ५६ गोल गरेका थिए।
मेस्सीको हकमा कुरा गर्नुपर्दा उनी यसै सिजन पिएसजीमा पुगेका हुन्। मेस्सीले अहिले सम्म पिएसजीबाट २० खेलिसकेका छन्। त्यसमा उनले मात्रै ७ गोल गर्दा ८ असिस्ट दिएका छन्। ती मध्ये ५ गोल मेस्सीले च्याम्पियन्स लिगमा गरेका थिए। मेस्सीले फ्रेन्च लिग वानमा अहिले सम्म दुई गोल मात्र गरेका छन्।

