एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का एक पूर्व खेलाडीको दावीलाई मान्ने हो भने लियोनेल मेस्सी फ्रान्समा सफल नै हुन सक्दैनन्। मेस्सी फ्रान्समा सफल नहुने दावी गर्ने पूर्व खलाडी अरु कोहि नभई जेरोम रोथेन हुन्।
एक मिडियालाई अन्तर्वार्ता दिनेक्रममा उनले मेस्सी पिएसजीमा सफल हुने सम्भावना नै नदेखिएको बताए। उनका अनुसार मेस्सीले अझै बार्सिलोनालाई भुल्न सकेका छैनन्। मार्कालाई दिएको अन्तर्वार्तामा रोथेनले बार्सिलोना मेस्सीको जीवन रहेको बताए। त्यसक्रममा उनले मेस्सी बिदा मनाउन समेत बार्सिलोना नै जाने गरेको कुरालाई पनि उल्लेख गरे।
“मेस्सीले पिएसजीमा छाप छाड्ने छैनन्। उनी अर्कै क्लबमा मान्छे हुन्, र त्यो बार्सिलोना हो। बार्सिलोना उनको शहर हो र उनको जीवन पनि। छुट्टि मनाउन पनि उनी त्यहाँ नै जान्छन्। उनी त्यतिकै समय बिताइरहेका छन्। कसैले पनि उनी फ्रान्स आउँछन् भन्ने सोचेका थिएन, पिएसजी आउने सम्भावना नै थिएन।”,रोथेनले भने।
३४ वर्षको उमेरमा पिएसजीसँग दुई वर्षे सम्झौता गरेका मेस्सी विश्वकै उत्कृष्ट खेलाडी भएपनि उनले पूरानो लयलाई दोहोर्याउन सक्नेमा शंका रहेको रोथेनले बताए। रोथेनका अनुसार मेस्सीसँग पहिला जस्ता सहकर्मी छैनन् र उनलाई त्यहाँ घुलमिल हुन गार्हो परिरहेको छ।
उनले भने,”मेस्सी फुटबल इतिहाँसका उत्कृष्ट खेलाडी हुन्। तर पनि बार्सिलोनाको जस्तो कमाल दोहोर्याउनेमा शंका नै छ। उनीसँग पहिला जस्तो टोली छैन र उनीसँग पूराना सहकर्मी पनि छैनन्। पिएसजीमा घुलमिल हुन उनलाई धेरै समस्या परिरहेको छ।

