एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज दुई खेल हुँदैछन्। च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ मा खेलहरु आज राति हुने लागेका हुन्। आज राति एकै समयमा दुई खेलमा ४ टोली मैदानमा उत्रनेछन्।
आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले रियल म्याड्रिडको सामना गर्नेछ। पिएसजीको घरेलु मैदानमा हुने खेल रातको १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। रियल समूहचरणको प्रतियोगितामा समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने पिएसजी समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो।
पिएसजी र रियल दुवै च्याम्पियन्स लिगका दाबेदारका रुपमा रहेका छन्। यी दुई क्लबको खेललाई धेरैले च्याम्पियन्स लिगको अग्रिम फाइनलको रुपमा लिरहेका छन्। पिएसजी र रियल बीचको खेल भारतीय च्यानल सोनी टेन २ मा हेर्न सकिनेछ।
त्यस्तै अर्को खेलमा पोर्चुगिज क्लब स्पोर्टिंग सिपिले म्यानचेस्टर सिटीको आथित्यता गर्नेछ। च्याम्पियन्स लिगकोया मुख दाबेदार मध्ये एक रहेको सिटी विरुद्ध स्पोर्टिंग अन्डरडगको रुपमा मैदानमा उत्रनेछ। खेल भारतीय च्यानल सोनी टेन १ मा हेर्न सकिनेछ।

