ज्योतिष शास्त्र अनुसार कुनै पनि ग्रहको उदय हुँदा या अस्त हुँदा सबै राशिमा शुभ तथा अशुभ असर पर्ने गर्दछ । देव गुरु बृहस्पति शनिको राशि कुम्भ राशिमा अस्त हुन लागेका छन् । फेब्रुअरी १९, शनिबार देखि मार्च २० सम्म बृहस्पति कुम्भ राशिमा रहनेछ। बृहस्पतिलाई ज्ञान, सुख र सौभाग्यको कारक मानिन्छ। यस क्रममा बृहस्पति देवको अस्तको कारण केही राशिलाई अशुभ हुने भएको छ । यस प्रकार छन् ती राशिहरु….
देवताका गुरु बृहस्पति देव अस्ताउँदा सबै राशिमा शुभ-अशुभ प्रभाव पर्ने भए पनि ३ राशिका व्यक्तिले यस समयमा कठिनाइको सामना गर्नुपर्ने हुन सक्छ । जान्नुहोस् यी राशिका बारेमा । ज्योतिष शास्त्रमा बृहस्पति ग्रहलाई दाम्पत्य जीवन, धर्म-कर्म, सौभाग्य, ऐश्वर्य र समृद्धिको कारक ग्रह मानिन्छ । त्यसैले यस समयमा कुनै शुभ कार्य, विवाह र नामकरण गर्न अशुभ मानिन्छ ।
बृहस्पति देवको अस्तको यस अवधिमा वृष, कर्कट, मकर र मीन राशिका व्यक्तिलाई विभिन्न समस्या बढ्न सक्छ। यस्तो अवस्थामा यी राशिका व्यक्तिहरूले यस अवधिमा नयाँ काम सुरु गर्नबाट जोगिनु पर्छ। साथै वित्तीय लगानीबाट नगर्नु शुभ हुनेछ । यसका साथै कुनै पनि प्रकारको विवादबाट पनि टाढा रहनुपर्छ ।
बृहस्पति देव धनु र मीन राशिको स्वामी हुन् । त्यस्तै वृहस्पति देवलाई कर्कट राशिमा उच्च र मकर राशिमा नीच मानिन्छन्। यस बाहेक बृहस्पति देव २७ नक्षत्रमध्ये पूर्वा भाद्रपद, विशाखा र पुनर्वासुको स्वामी पनि हो। बृहस्पति देवको कृपाको कारण नै मानिस सत्यको मार्गमा मानिस हिँड्ने गर्दछ ।