पिएसजीको लागि खुशीको खबर, रियल विरुद्ध खेल्ने स्क्वाडमा नेयमारको पनि नाम !

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)ले च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडको सामना गर्दा नेयमार पनि खेल्ने सम्भावना देखिएको छ। गएको केहि समय देखि घाइते रहेका नेयमार रियल विरुद्ध मैदानमा उत्रिने सम्भावना बढेको हो।

पिएसजीले खेलका लागि सार्वजनिक गरेको स्क्वाड लिस्टमा नेयमारको पनि नाम छ। पिएसजीले केहि समय अगाडी मात्रै खेलका लागि २४ सदसिय प्रारम्भिक स्क्वाडको सूचीमा नेयमार पनि अटाएका छन्।

नेयमार गत नोभेम्बर अन्तिममा घाइते भएका थिए। सेन्ट इटिएन विरुद्धको खेलका क्रममा घाइते भएका उनको खुट्टामा गम्भीर समस्या देखिएको थियो। त्यसबेला नेयमार कम्तिमा दुई महिना मैदान बाहिर रहने बताइएको थियो।

अपेक्षा गरिएअनुसार नै नेयमार दुई महिना भन्दा बढी समय मैदान बाहिर रहे। नेयमार केहि समय अगाडी मात्रै पिएसजीको प्रशिक्षणमा सहभागी भएका थिए।

शुरुवाती ११ मै पर्ने छ त सम्भावना ?

नेयमारले पछिल्लो साढे दुई महिनामा कुनै पनि खेल खेलेका छैनन्। साथै उनी प्रशिक्षणमा फर्किएको पनि धेरै समय भएको छैन। यस्तोमा पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले नेयमारलाई शुरुवाती अवस्थामै मैदानमा उतार्ने सम्भावना अन्त्यन्त कम छ।

लियोनेल मेस्सी र किलियन एम्बाप्पेसँगै आक्रमणमा पोचेटिनोले एन्जल डी मारिया वा जुलियन ड्राक्सलर मध्ये कसैलाई उतार्न सकने सम्भाना छ। पोचेटिनोले नेयमारलाई आवश्यक परेको खण्डमा मात्रै मैदानमा उतार्न सकने देखिन्छ।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१७:२९

एम्बाप्पेको उत्कृष्ट लय र रियल म्याड्रिड विरुद्ध मेस्सीको अनुभवले पिएसजीलाई दिलाउनेछ जित !