एम्बाप्पेको उत्कृष्ट लय र रियल म्याड्रिड विरुद्ध मेस्सीको अनुभवले पिएसजीलाई दिलाउनेछ जित !

एजेन्सी – मंगलबार राति सम्पूर्ण फुटबलका पारखीहरुको ध्यान पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिड बीचको खेलमा हुनेछ। च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ मा यी दुई टोली पिएसजीको घरेलु मैदानमा आमने-सामने हुन लागेका हुन्।

पिएसजी र रियल म्याड्रिड दुवै च्याम्पियन्स लिगका मुख्य दाबेदार रहेका छन्। यी दुई टोली बीचको खेललाई च्याम्पियन्स लिगको अग्रिम फाइनलको रुपमा पनि लिइएको छ। आज हुने खेलमा दुवै टोली जित निकाल्ने दाउमा हुनेछन्।

खेल पिएसजीको घरेलु मैदानमा हुने हुँदा पिएसजीले त्यसको फाइदा उठाउन सक्नेछ। घरेलु मैदानकोया भरपुर फाइदा उठाएर राम्रो प्रदर्शन गर्न सके आजको खेलमा पिएसजी विजयी हुनेछ। त्यस्तै रियल म्याड्रिड पछिल्ला महिनाहरुमा जस्तो उत्कृष्ट लयमा पनि छैन। पछिल्लो पटक रियलले लालिगामा भिल्लारियलको सामना गरेको थियो। त्यसबेला रियल बराबरीमै रोकिएको थियो।

त्यस्तै रियलका मुख्य खेलाडी करिम बेन्जेमा पिएसजी विरुद्ध खेल्ने नखेल्ने पनि स्पष्ट छैन। बेन्जेमा नखेलेको खण्डमा पिएसजीको जित्ने सम्भावना झनै बढ्नेछ। त्यस्तै बेन्जेमा खेलिहाले भने पनि पिएसजीलाई खासै ठूलो समस्या हुने छैन। बेन्जेमा झनै एक महिना देखि मैदान बाहिर छन्। यो पिएसजीका लागि फाइदाको विषय बन्न सक्छ।

एम्बाप्पेको फर्म

गएको केहि वर्ष देखि पिएसजीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका एम्बाप्पे जारी सिजनमा पनि उत्कृष्ट फर्ममा छन्। समूहचरणका खेलमा एम्बाप्पेले चार गोल गरेका थिए। त्यसपछि पनि एम्बाप्पेको स्तर घटेको छैन। रियल म्याड्रिड विरुद्धको खेलमा एम्बाप्पेको उत्कृष्ट फर्मले पिएसजीलाई जिताउन सक्छ।

रियल म्याड्रिड मेस्सीको अनुभव

आफ्नो फुटबल करियरमा लियोनेल मेस्सीले कयौं पटक रियल म्याड्रिडको सामना गरेका छन्। स्पेनमा हुँदै कयौं पटक रियलको सामना गरेको अनुभव मेस्सीसँग छ। सो अनुभवको आधारमे उनले राम्रो प्रदर्शन गरे पिएसजी विजयी हुने पक्का छ। त्यस्तै मेस्सी पछिल्लो खेल देखि राम्रो लयमा पनि छन्।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८१८:१२

रियल र पिएसजी दुवैको समर्थनमा बेकह्याम !