मेस्सी भर्सेस रियल म्याड्रिड: के भन्छ तथ्यांक ?

एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ मा पेरिस सेन्ट जर्मेन(पिएसजी) र रियल म्याड्रिड आमने-सामने हुँदा लियोनेल मेस्सी छुट्टै मिसनमा हुनेछन्। मेस्सीले बार्सिलोनामा हुँदा पछिल्लो दुई वर्ष भन्दा बढी समय देखि रियल म्याड्रिड विरुद्ध राम्रो प्रदर्शन गर्न सकेका थिएनन्। आज हुने खेलमा कम्जोर प्रदर्शनलाई सुधार्ने प्रयासमा मेस्सी हुनेछन्।

मेस्सीले सन् २०१९ को मार्च पछि रियल म्याड्रिड विरुद्ध जित्न निकाल्न सकेका छैनन्। त्यसयता मेस्सीले बार्सिलोनामा हुँदा ४ पटक रियल म्याड्रिडको सामना गरिसकेका छन्। ती मध्ये तीन खेलमा मेस्सीले हार बेहोरेका थिए भने एक खेल बराबरीमा टुंगिएको थियो।

मेस्सीले पछिल्लो पटक सन् २०१८ को मेमा रियल विरुद्ध गोल गरेका थिए। त्यसयता मेस्सीले अहिले सम्म रियल विरुद्ध गोल गर्न सकेका छैनन्। मेस्सीले सन् २०१८ यता रियलको ७ पटक सामना गरेका छन्। रियल विरुद्धको गोल खडेरीलाई तोड्न मेस्सीले आज भरपुर प्रयास गर्नेछन्।

रियल विरुद्ध मेस्सीको प्रदर्शन

आफ्नो करियरमा मेस्सीले सबै भन्दा बढी रियल म्याड्रिडको सामना गरेका छन्। रियल म्याड्रिड र मेस्सी अहिले सम्म ४५ पटक आमने-सामने भएका छन्। रियल विरुद्ध मेस्सीको तथ्यांक यस्तो छ – (१९ जित, ११ बराबरी र १५ हार)। मेस्सीले रियल म्याड्रिड विरुद्ध अहिले सम्म कुल २६ गोल गरेका छन्।

प्रकाशित : मङ्गलबार, फागुन ०३, २०७८२०:१९

मेस्सीले डुबाएपनि पिएसजीलाई एम्बाप्पेले बचाए, रियल पराजित !