एजेन्सी – डेभिड बेकह्याम रियल म्याड्रिड र पेरिस सेन्ट जर्मेन (पिएसजी) बीच च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो खेलको प्रतिस्पर्धालाई लिएर उत्साहित छन् । उनलाई लाग्छ हरे फुटबलप्रमी त्यो खेललाई लिएर उत्साहित छन् ।
पिएसजीका युवा फरवार्ड अर्को सिजन रियल जाने चर्चाले पनि यि दुई टोलीबीचको खेलमा थप चर्चामा छ । यसपटक च्याम्पियन्स लिग जित्ने सम्भावित यि दुई टोलीको नकआउट चरणमा हुने प्रतिस्पर्धा सिजनकै चर्चित खेल बन्न सक्नेछ ।
‘यि दुई टोलीका खेलाडी र क्लबको इतिहास हर्ने हो भने ति सहरका समर्थकहरुको अन्त्याधिक लगाव देखिन्छ । यो भेट समर्थकका लागि सपना पुरा भए जस्तै हो,’ पिएसजीले जारी गरेको छोटो भिडियोमा बेकह्यामले भनेका छन् ।
बेकह्यामले दुवै क्लबबाट खेले
आफ्ना पूर्व दुई टोलीबीच प्रतिस्पर्धा हुँदा कुनै टोलीलाई मात्र समर्थन गर्न कठीन हुने बताएका छन् । ‘म त्यो खेल हुने रंगशालामा हुने छैन । त्यस कारण खुसी छु । दुई टोलीबीचको प्रतिस्पिर्धा हुर्ने अवसरले उत्साहित छु’, उनले भने,‘ इमान्दार भएर भन्नुपर्दा घरमा टिभी अघि बसेर हेर्न उचित ठानेको छु । जसले गर्दा जसले गोल गरेपनि म त्यसको खुसी मनाउन सक्छु ।’
नतिजा जस्तो आएपनि खेल भने प्रतिस्पर्धा हुने इंग्ल्यान्डका पूर्व कप्तान समेत रहेका बेकह्यामको अनुमान छ । ‘मलाई लाग्छ आक्रामक खेल हुनेछ,’ उनले थपे,‘ दुई उत्कृष्ट टोलीले एकअर्काको सामना गर्दैछन् । अहिलेको समयमा यि दुई टोलीबीचकै उत्साहजनक प्रदर्शन गरिरहेका टोली हुन् । तुलाना गर्दा पनि दुवै आ आफ्नो लिगको शीर्षस्थानमा छन् । उनीहरुसँग त्यत्तिकै स्तरीय प्रशिक्षक र खेलाडी छन् ।’
बेकह्यामले पिएसजीका लिओनल मेस्सी र सर्जियो रामोसको प्रशंसा गरे । अर्जेन्टिनी कप्तान समेत रहेका मेस्सीलाई बेकह्यामले फुटबल इतिहासकै उत्कृष्ट खेलाडी मध्ये एक रहेको बताए ।

