अन्ततः तोडियो रोनाल्डोको गोल खडेरी, युनाइटेड शिर्ष चारमा !

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो र मिडफिल्डर ब्रुनो फर्नान्डेसको गोलमा जित निकाल्दै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ ।

म्यानचेस्टर युनाइटेडले घरेलु मैदानमा १० खेलाडीमा समेटिएको ब्राइटनलाई २–० ले पराजित गर्दै शीर्ष चारमा उक्लिन सफल भएको हो । शीर्ष चारमा उक्लने क्रममा युनाइटेडले वेस्ट ह्याम युनाइटेडलाई पछि पारेको छ ।

ओल्ड ट्राफोर्डमा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलहित बराबरीमा सकिदा युनाइटेडले दुवै गोल दोस्रो हाफमा गरेको थियो । ब्राइटन पनि दोस्रो हाफमै १० खेलाडीमा समेटिन पुगेको थियो ।

५१औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले स्कट म्याकटोमिनेको पासमा सानदार फिनिस गरेका थिए । यो सिजन प्रिमियर लिगको २१ ख्ेलमा यो उनको नवौं गाल हो । उनले ३ असिस्ट पनि सदएका छन् । रोनाल्डोको गोल लगत्तै ब्राइटन १० खेलाडीमा समेटिन पुग्यो ।

एन्थोनी इलंगामाथि अनावश्यक च्यालेन्ज गरेपछि रेफ्रीले कप्तान लेविस डन्कलाई भिएआरको सहायतामा रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि ब्राइटन १० खेलाडीमा समेटिन पुग्दा दवावमा आएको थियो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको सातौ मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाइटेडको जित पक्का गरे । उनले पउल पोग्वाको चलाखीपूर्ण छिटो पासमा गोल गर्न सफल भएका थिए । प्रिमियर लिगमा उनको यो २४औं खेलमा आठौं गोल हो ।

यो जितसँगै युनाइटेड २५ खेलबाट ४३ अंक जोडेर वेस्ट ह्यामलाई २ अंकले पछि पार्दै चौथो स्थानमा उक्लदा तेस्रो स्थानको चेल्सीसँगको अंक दुरी ४ मा छोट्याएको छ । एक खेल कम खेलेको चेल्सीको ४७ अंक छ । पराजित ब्राइटन ३३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८०९:३२

मेस्सी बने च्याम्पियन्स लिग इतिहास मै बढी पेनाल्टी मिस गर्ने खेलाडी !