मेस्सी बने च्याम्पियन्स लिग इतिहास मै बढी पेनाल्टी मिस गर्ने खेलाडी !

लियोनल मेस्सीले च्याम्पियन्स लिगको इतिहासमा सबैभन्दा धेरै पेनाल्टी मिस गर्ने थियरी हेनरीको कीर्तिमानसँग बराबरी गरेका छन् भने सबैभन्दा धेरै पेनाल्टी प्रहार गर्ने खेलाडीको रूपमा क्रिस्टियानो रोनाल्डो पछि पारेका छन्।

गयराती रियल म्याड्रिडलाई १-० ले हराएको खेलमा मेस्सीले गरेको मिस पेनाल्टीसँगै अर्जेन्टिनी स्टार खेलाडीले २३ पेनाल्टी प्रहार गर्दा ५ पटक गोल गर्न चुकेका छन्। खेलको ६४ औं मिनेटमा किलियन एम्बाप्पेले जितेको पेनाल्टीलाई मेस्सीले गोलमा परिणत गर्न असफल भए। रियल म्याड्रिडका गोलकिपर थिबाउट कोर्टोइसले मेस्सीको प्रहारलाई विफल पार्दै रियललाई खेलमा जीवित नै राखेका थिए।

युरोपेली महारथीहरु बीचको पहिलो लेगको धेरैजसो समयमा, मेस्सीको असफल पेनाल्टी बाहेक गोल गर्ने मौकाहरू निकै दुर्लभ थिए। विशेषगरी रियल म्याड्रिड प्रायः पार्क डेस प्रिन्सेसमा डिफेन्सिभ खेल देखाउन मै सन्तुष्ट रह्यो। “यस्ता प्रकारका खेलहरूमा गोलकिपरको रूपमा अलि धेरै नै प्रयास गर्नुपर्छ,” कोर्टोइसले बीटी स्पोर्टलाई भने, “मैले मेस्सीको पेनाल्टीहरू बारे धेरै अध्ययन गरेको थिएँ र मैले उनीसँग थोरै मानसिक खेल खेल्ने प्रयास गरें। थोरै लक पनि रह्यो।”

तर, फ्रेन्च युवा स्टार किलियन एमबाप्पेले कोर्टोइसलाई छक्याउँदै इन्जुरी टाइममा गोल गरेपछि पीएसजीले १–० को जित निकाल्न सफल भयो। मेस्सीले पीएसजीबाट आफ्नो डेब्यू सिजनमा अहिलेसम्म खासै प्रभाव पार्नको लागि संघर्ष गरेका छन्, यद्यपि पछिल्ला पछिल्ला चार खेलहरूमा पनि उनी क्लबको चार गोलमा संलग्न भएका थिए। र पुन: एक पटक एमबाप्पे नै थिए जसले मंगलबार क्लबको मुख्य भार बोके, जसले स्टपेज टाइममा खेल जिताउन निकै उत्कृष्ट व्यक्तिगत गोल गरे।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१०:४९

मेस्सीले पीएसजीलाई डुबाएको एक मिनेट भित्र रोनाल्डोले गरे युनाइटेडको उद्दार !