इमर्जिङ नेपालकाे आईपीओ आज बाँडफाँड हुँदै, भाग्यमानीले मात्र पाउने !

काठमाडौँ – इमर्जिङ नेपाल लिमिटेडको आइपीओ फागुन ४ गते आज बाँडफाँड हुने भएको छ। यस कम्पनिले गत माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन  गरेको थियो।  जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे र बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिएका हुन्।

यस कम्पनिको आइपिओमा २४ लाख १५ हजार ९१९ जनाले २ करोड ७८ लाख ३५ हजार ४२० कित्ताका लागि आवेदन दिएका छन्। याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ५३.८७ गुणा धेरै हो। मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाबाट वितरण गरिनेछ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८११:३१

प्राङ्क गर्दै हिड्ने साइबर ब्यूरोको फन्दामा !