च्याम्पियन्स लिगमा आज पनि दुई खेल हुँदै, कुन खेल कुन च्यानलमा हेर्ने ?

एजेन्सी – युइएफए च्याम्पियन्स लिगमा आज पनि खेल हुँदैछन्। च्याम्पियन्स लिग अन्तर्गत राउण्ड अफ १६ का दुई खेलहरु आज राति हुने लागेका हुन्। आज राति एकै समयमा दुई खेलमा ४ टोली मैदानमा उत्रनेछन्।

आज राति प्रिमियर लिग क्लब लिभरपुलले इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ। इन्टरको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा शुरु हुनेछ। लिभरपुल समूहचरणको प्रतियोगितामा समूह विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो भने इन्टर समूह उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो।

लिभरपुलले च्याम्पियन्स लिगका समूहचरणमा शतप्रतिशत जित निकालेको थियो। त्यस्तै इन्टरले भने समूहचरणका ६ खेलमा ३ जित निकालेको थियो भने २ खेलमा हार बेहोरेको थियो। आज हुने खेलमा दुवै टोली जित निकाल्ने पक्षमा हुनेछन्। खेल भारतीय च्यानल सोनी टेन वानमा हेर्न सकिनेछ।

त्यस्तै अर्को खेलमा अष्ट्रियन क्लब रेडबुल साल्जवर्गले घरेलु मैदानमा जर्मन क्लब बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ। सो खेल पनि नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमै शुरु हुनेछ। खेल भारतीय च्यानल सोनी टेन वानमा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१३:४४

एम्बप्पे मेस्सी र रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडी भएको रियल प्रशिक्षकको दाबी !