नेयमारले दिएको त्यो चलाखीपूर्ण पास जसलाई एम्बाप्पेले गोलमा परिणत गरे … [भिडियो सहित]

एजेन्सी – पेरिस सेन्ट जर्मेन(पिएसजी)का ब्राजिलियन स्टार फुटबलर नेयमार झन्डै साढे दुई महिना पछि मैदानमा फर्किए। नोभेम्बरको अन्त्य देखि मैदान बाहिर रहेका नेयमारले मंगलबार राति च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड विरुद्धको खेलमा पुनरागमन गरेका हुन्।

नेयमार गत नोभेम्बर अन्तिममा घाइते भएका थिए। सेन्ट इटिएन विरुद्धको खेलका क्रममा घाइते भएका उनको खुट्टामा गम्भीर समस्या देखिएको थियो। लामो समय पछि खेलमा फर्किएका नेयमारले रियल विरुद्ध आफ्नो प्रभाव देखाउन कुनै कसर बाँकी राखेनन्।

नेयमार खेलको ७२ औं मिनेटमा मैदान छिरेका थिए। नेयमारलाई एन्जल डी मारियाको स्थानमा मैदान प्रवेश गराइएको थियो। मैदान छिर्ने बितिकै पिएसजी समर्थकले हुटिंग सहित नेयमारको स्वागत गरे। मैदान प्रवेश गरेलगतै खेलमा नेयमारको प्रभाव देखियो। करिब २० मिनेट मैदानमा बिताउँदा उनले कयौं पटक रियलको डिफेन्सलाई दुख दिए।

नेयमारले धेरै पटक रियलका डिफेन्डरहरुलाई निरुत्साहित गरेका थिए। एक हिसाबले भन्ने हो भने उनले एम्बाप्पेलाई असिस्ट पनि दिएका थिए। एम्बाप्पेको गोल सोलो गोल भएपनि सो गोलक लागि नेयमारले चलाखीपूर्ण पास एम्बाप्पेलाई दिएका थिए। जसलाई एम्बाप्पेले अगाडी बढाएर गोलमा परिणत गरेका थिए।

पूर्ण रुपमा फिट छन् नेयमार ?

फ्रेन्च मिडियाहरुका अनुसार नेयमार पूर्णरुपमा फिट भैसकेका छैनन्। तर पनि उनलाई रियल विरुद्ध खेल्ने मौका दिइएको थियो। आउने समयमा नेयमार फिट हुँदै जाने अनुमान गरिएको छ। सबै राम्रो गएको खण्डमा र फिट नै बसेको खण्डमा नेयमार रियल म्याड्रिड विरुद्धको दोस्रो लेगका लागि पनि उपलब्ध हुनेछन्।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१९:१३

बायर्न भर्सेस साल्जवर्ग: बायर्नको आँधीबेरी साल्जवर्गले रोक्न सक्ला ?