यी ३ राशिका मानिसको हुन्छ छिटै ब्रेकअप !

सच्चा प्रेम पाउने इच्छा सबैलाई नै हुन्छ। आफ्नो सम्बन्ध जीवनभर रहि रहोस् भन्ने चाहना पनि सबैको नै हुन्छ। तर सबैको प्रेम सम्बन्ध सधैंभर रहन्छ भन्ने छैन। कुनै पनि सम्बन्ध दिगो हुनको लागि धेरै कुराले प्रभाव पार्छ भने सम्बन्ध टुट्नुमा पनि धेरै कुराको प्रभाव हुन्छ। ज्योतिष शास्त्रका अनुसार मानिसको राशिले पनि उनीहरुको प्रेम जीवनमा प्रभाव पार्छ।

यस्तोमा ज्योतिषीय शास्त्रका अनुसार यी ३ राशिका मानिसको छिटै नै ब्रेकअप हुन्छ।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

मेष राशिका मानिस अत्यन्त उर्जावान हुन्छन्। यस राशिका मानिसको नकारात्मक पक्ष भनेको आफ्नो रिसलाई नियन्त्रण गर्न नसक्नु हो। साना-साना कुरामा छिटै रिसाउने कारणले गर्दा यी मानिसको प्रेम सम्बन्ध धेरै समय टिक्न सक्दैन। जति सुकै बलियो सम्बन्ध भएपनि यी मानिसको साना-साना कुराले ब्रेकअप हुने गर्छ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

अत्यन्त भावुक किसिमका यी मानिस सामान्य चिजमा पनि निकै भावुक हुने गर्छन्। तुला राशिका मानिसको आवश्यक भन्दा धेरै निन्दा र टिप्पणी गर्ने बानी हुन्छ। उनीहरुको यही स्वभाव नै प्रेम जीवनको अन्त्यको कारण बन्न पुग्छ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

केही रुष्ट स्वभाव भएका वृश्चिक राशिका मानिसको नचाहिने विषयमा पनि प्रतिक्रिया जनाउने बानी हुन्छ। उनीहरुको यहि बानीको कारणले गर्दा यस राशिका मानिसको छिटै ब्रेकअप हुने गर्छ। यसका साथै सामान्य गल्तीलाई पनि निकै ठूलो देखाउने र माफी नगर्ने बानी पनि यिनीहरुको नराम्रो बानीमा पर्छ।

प्रकाशित : बुधबार, फागुन ०४, २०७८१९:५०

यी ५ राशिका केटाहरुले सधै पाउँछन् प्रेममा धोका !