एम्बाप्पेलाई पिएसजी र रियल दुवैबाट उछिट्याउने दाउमा सिटी, कसैले नसोचेको पारिश्रमिक दिन भयो तयार !

एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पे पेरिस सेन्ट जर्मेन(पिएसजी) छाडेर रियल म्याड्रिड जाने चर्चा चलिरहेका बेला जर्मनबाट प्रकाशित हुने एक मिडियाले भने एम्बाप्पेलाई प्रिमियर लिग समेत जान सक्ने दावी गरेको छ।

जर्मनबाट प्रकाशित हुने विल्डले एम्बाप्पे लालिगाका आलावा प्रिमियर लिग समेत जाने सम्भावना कायमै रहेको दावी गरेको हो। विल्डले गरेको दावी अनुसार एम्बाप्पे प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी जान सक्छन्।

एम्बाप्पेको गन्तव्य स्पष्ट रुपमा रियल म्याड्रिड देखिएपनि उनी सिटी जान सक्ने सम्भावना कायमै रहेको सो मिडियाले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ। एम्बाप्पे पिएसजी छाडेर रियल जाने निर्णयबाट ब्याक हुन्छन् र अन्य क्लबका प्रस्ताव सुन्न चाहन्छन् भने त्यसो अवस्थाको सदुपयोग गर्ने पक्षमा सिटी रहेको छ।

रियल भन्दा बढी पारिश्रमिक दिन तयार सिटी

गएको केहि समय देखि एम्बाप्पे र रियल बीच एक प्रकारको समझदारी समेत भइसकेको चर्चा चलिरहेको छ। यस सिजनको अन्त्यसँगै एम्बाप्पे फ्री ट्रान्सफरमा रियल जाने समझदारी भएको धेरै मिडियाहरुले बताइरहेका छन्।

बताइएअनुसार, एम्बाप्पेलाई रियल वार्षिक ५० मिलियन युरो सम्म पारिश्रमिक तिर्न तयार रहेको छ। तर सिटी भने रियल भन्दा बढी पारिश्रमिक दिन तयार रहेको छ। एम्बाप्पे सिटी जान तयार भएको खण्डमा ५५ मिलियन युरो सँगै थप बोनस समेत दिन तयार रहेको छ।

सिटी एम्बाप्पे भित्र्याउन चाहने एक्लो प्रिमियर लिग क्लब भने होइन। अर्को प्रिमियर लिग क्लब लिभरपुलले पनि एम्बाप्पेलाई भित्र्याउन चाहिरहेको छ। लिभरपुलका प्रशिक्षक योर्गेन क्लोप एम्बाप्पेका प्रशंसक हुन्।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१५:०८

क्रिकेट दिग्गज तेन्दुलकरले रोजे मेस्सी र रोनाल्डो बीच उत्कृष्ट खेलाडी, कसलाई रोजे ?