युनाइटेडमा सुरु भयो कप्तानीको युद्ध: रोनाल्डो र मगुआएर बीच भिडन्त !

राल्फ रङ्गनिकको आगमन पछि म्यानचेस्टर युनाइटेडको कप्तानलाई लिएर ह्यारी मगुआएर र क्रिस्टियानो रोनाल्डो बीचको रेड डेभिल्समा नयाँ युद्ध उत्पन्न भएको बताइएको छ।

म्यान्चेस्टर युनाइटेडले रोनाल्डो, जाडोन सान्चो र राफेल भारानेको समर आगमनको बावजुद लिगमा खासै राम्रो प्रदर्शन गर्न नसक्दा यस सिजन क्लब कप्तान मगुआएर पनि निकै फितलो लयमा देखिएका छन्। यस्तोमा युनाइटेड पूर्व लेसेसटर स्टारको हातबाट कप्तानको आर्मब्याण्ड हटाउन चाहन्छ। तर मिररले रिपोर्ट गरे अनुसार, मगुआएर म्यानचेस्टर युनाइटेडको कप्तानको आर्मब्यान्ड रोनाल्डोलाई हस्तान्तरण गर्न अनिच्छुक छन्।

यसै विषयका लागि दुई स्टार खेलाडी र प्रशिक्षक रंगनिक बीचको वार्ता पनि भएको थियो, जो हालैका हप्ताहरूमा कप्तानको खराब प्रदर्शन पछि इंगलिस स्टारबाट केही दबाब हटाएर मद्दत गर्न इच्छुक छन्। यसैबीच, जर्मन प्रशिक्षकले रोनाल्डोलाई सान्चो, स्कट म्याकटोमिने र मार्कस रासफोर्ड जस्ता युवाहरूलाई सल्लाह दिन आग्रह गरेपछि ड्रेसिङ रुममा मगुआएरको कप्तानी स्थिति कमजोर भएको छ।

“पहिले, रोनाल्डोले खेलाडीहरूलाई ह्यारीलाई समर्थन गर्न आग्रह गरिरहेका थिए। तर समस्या यो हो कि प्रशिक्षकले रोनाल्डोले युवा खेलाडीहरूलाई मेन्टर गरुन् भन्ने चाहन्छन्,” स्रोतहरूले द मिररलाई बताए, “यसले ह्यारीलाई कठिन स्थितिमा छोडेको छ, किनकि उनी कप्तान हुन् र रोनाल्डोले जे भन्छन् त्यसलाई पालना गर्नुपर्नेछ, सबै कुरा ठिक राख्नको लागि।”

द मिररका अनुसार, म्यान्चेस्टर युनाइटेड ड्रेसिङ रुममा यो विश्वास छ कि मगुआएरलाई निकट भविष्यमा रोनाल्डोले कप्तानको रूपमा प्रतिस्थापन गर्नेछन्।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८१८:०९

“पेनाल्टी मिस गरेकै कारण मेस्सीको आलोचना गर्नु बेकार, हेर्दै जानुस् ट्रेबल जित्न बेर छैन”