अर्को शनिबार सम्म देशभरको मौसम कस्तो रहला ? यसो भन्छन् मौसमविद् !

काठमाडौँ – हाल देशमा कुनै उल्लेखनीय मौसमी प्रणालीको विकास भएको छैन । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । भोलि शनिबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । फागुन ८ गते आइतबार पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलब ५ र अधिकतम तापक्रम २० डिग्री सेल्सियस रहेको छ ।

आगामी साताको मौसमी सारांश :

१. उच्च पहाडी तथा हिमाली भू-भागमा सातको सुरुवातमा आंशिक देखि सामान्य बदली रही मध्य तथा अन्त्यमा सामान्य बदली। साताको सुरुवातमा एक-दुई र मध्यमा थोरै स्थानमा हल्का हिमपात। सातको अन्त्यमा केही स्थानमा हल्का देखि मध्यम हिमपात।

२. पहाडी भू-भागमा सातको सुरुवातमा आंशिक बदली। साताको मध्य तथा अन्त्यमा सुदुरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली।साताको मध्यमा सो प्रदेशका थोरै स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षा र अन्त्यमा सो प्रदेशका केही स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा।

३. सातको अन्त्यमा सुदुरपश्चिमको र लुम्बिनी प्रदेशको तराइका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

४. यो साता देशका धेरै स्थानमा न्युनतम तथा अधिकतम तापक्रम थोरै बढ्ने सम्भावाना रहेको छ।

प्रकाशित : शुक्रबार, फागुन ०६, २०७८२१:०४

प्रतिनिधिसभामा आजै एमसिसी टेबल हुने !