एजेन्सी – लिभरपुलका पूर्व डिफेन्डर जेमी कर्राघेरले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई भित्र्याएर म्यानचेस्टर युनाइटेडले ठूलो गल्ति गरेको टिप्पणी गरेका छन्। एक मिडियाका लागि लेखेको स्तम्भले रोनाल्डोलाई युनाइटेडले भित्र्याएर गल्ति गरेको टिप्पणी गरेका हुन्।
टेलिग्राफका लागि लेखेको स्तम्भमा कर्राघेरले रोनाल्डो भित्र्याएर युनाइटेडले गल्ति गरेको मात्र दावी गरेका छैनन्, रोनाल्डो रहुनजेल समस्या झनै बढ्ने टिप्पणी पनि गरेका छन्। रोनाल्डो आएपछि युनाइटेड असन्तुलित भएको उनको बुझाई छ।
“युनाइटेडले गत समरमा रोनाल्डोलाई पुन: अनुबन्ध गरेर ठूलो गल्ति गर्यो। रोनाल्डोलाई आउने सिजन पनि राखे युनाइटेडको समस्या झनै बढ्नेछ।”,कर्राघेरले स्तम्भमा लेखेका छन्।
स्तम्भमा उनले पछिल्लो सिजनको तथ्यांकलाई प्रस्तुत गरेका छन्। सन् २०२०-२१ को सिजनमा १४ वर्षकै सर्वाधिक गोल गरेको उल्लेख गर्दै उनले रोनाल्डो आएपछि युनाइटेड कम्जोर भएको बताएका छन्।
उनी लेख्छन्,”सन् २०२०-२१ को सिजनमा युनाइटेडले सबै प्रतियोगितामा १ सय २१ गोल गरेको थियो। त्यो गोल संख्या १४ वर्षकै उच्च थियो। त्यो किन भयो भने युनाइटेड अहिले भन्दा धेरै सन्तुलित, एकीकृत टोली थियो।”
रोनाल्डोका कारण युनाइटेडमा अनावश्यक हल्ला शिर्जना भैरहेको पनि कर्राघेरले सो स्तम्भमा उल्लेख गरेका छन्। ३७ वर्ष पुगिसकेका रोनाल्डोलाई टोलीमा नराख्दा अनावश्यक हल्ला हुनु बेकार रहेको कर्राघेरको भनाई छ। रोनाल्डोलाई क्लब छाड्न दिनु युनाइटेडको हितमा हुने कर्राघेरले स्पष्टसँग स्तम्भमा लेखेका छन्।

