हिजो अर्थात फेब्रुअरी १९, २०२२ बाट बृहस्पति ग्रह कुम्भ राशिमा अस्ताएको छ। अब गुरु एक महिना पछि २२ मार्च २०२२ मा उदय हुनेछन्। शुभ ग्रह मानिने देवगुरु बृहस्पतिको अस्ताउनु ज्योतिष शास्त्रमा अशुभ मानिने भए पनि ५ राशि भएका व्यक्तिका लागि यो पटकको परिवर्तन निकै फलदायी साबित हुनेछ। जान्नुहोस् कुन राशिका व्यक्तिहरूलाई यस समयमा ठूलो लाभ मिल्नेछ।
वृष राशि
बृहस्पतिको अस्तले वृष राशिका मानिसहरूको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ। यो परिवर्तन शुभ मात्र नभई कतिपय अवस्थामा भाग्यमा पनि परिवर्तन गर्ने वाला देखिन्छ। काममा धेरै फलदायी परिवर्तन हुन सक्छ। धन लाभको प्रवल सम्भावना रहेको छ।
मिथुन राशि
बृहस्पति ग्रहको अस्त मिथुन राशिका लागि भाग्यशाली साबित हुनेछ। कार्यक्षेत्रमा सकारात्मक परिवर्तन देखिनेछ। साथै यस समयमा तपाईंको आर्थिक स्थिति निकै बलियो हुनेछ।
तुला राशि
तुला राशिका मानिसको लागि गुरु अस्त हुनु निकै शुभ साबित हुनेछ। यस समयमा तपाईंले आकस्मिक धन लाभ प्राप्त गर्न सक्नुहुन्छ। तपाईंले भविष्यका लागि पैसा बचत पनि गर्न सक्नुहुन्छ।
वृश्चिक राशि
यस राशिका मानिसको जीवनमा गुरु अस्तले निकै शुभ प्रभाव पार्नेछ। वृश्चिक राशिका मानिसको जीवनमा सुख-समृद्धिको वृद्धि हुनेछ। धन लाभ मिल्ने पनि सङ्केत रहेको छ।
मकर राशि
मकर राशिका मानिसको लागि गुरु अस्तको समयमा मनग्य धन लाभ मिल्ने सम्भावना रहेको छ। तपाईंको आम्दानमा पनि वृद्धि हुने देखिन्छ। समग्रमा तपाईंको लागि यो समय निकै शुभ रहनेछ।