कोनोर म्याकग्रेगरले पेरिस सेन्ट-जर्मेनमा अर्जेन्टिनी सुपरस्टार खेलाडी लियोनल मेस्सीको मेगा ट्रान्सफर पछि २०२१ को सबैभन्दा धेरै कमाउने खेल स्टारको रूपमा लियोनल मेस्सीलाई हराउन निकै कठिन हुने कुरा स्वीकार गर्दै पहिलोपटक विनम्रतापूर्वक हार स्वीकार गरेका छन्।

म्याकग्रेगरलाई गत मे मा फोर्ब्सले विश्वको सबैभन्दा धेरै कमाउने खेलाडी घोषित गरेको थियो। युएफसी सुपरस्टार १८० मिलियन डलर ( १३० मिलियन पाउण्ड) कमाईको साथ सूचीको शीर्ष स्थानमा रहेका थिए, जबकि मेस्सीको कमाई १३० मिलियन डलर (९४.५ मिलियन पाउण्ड) थियो। आइरिसम्यानले सामाजिक सञ्जालमा पीएसजीको जर्सी लगाएको तस्बिरसँगैको पोस्टमा यस वर्ष भने मेस्सीलाई पछार्न नसक्ने कुरा स्वीकार गरेका हुन्।

उनले मेस्सीका पीएसजीका सहकर्मी सर्जियो रामोसको उल्लेख गरे र रोजर फेडेररलाई जिस्काएका छन्। उनको इन्स्टाग्राम क्याप्शन यस्तो छ, “बेभर्ली हिल्समा @psg मा मेरो ब्रो @sergioramos लाई समर्थन गर्दै। यो टोलीले सबै स्टार खेलाडीलाई छोटो समयमा अनुबन्ध गर्यो भन्ने अचम्मको कुरा छ। मेस्सी वार्षिक ७५ मिलियन अमेरिकी डलरमा छन्, कुनै विज्ञापनहरु बिना नै। उनलाई यो वर्ष फोर्ब्सको सूचीमा थप एक लडाई बिना हराउन गाह्रो छ। तर यसो भन्दैमा मलाई कम नसोच्नुहोस्। हामी यो नयाँ फोर्ब्स आर्थिक वर्षको मात्र २ महिनामा छौं र मैले पहिले नै उनको वर्षको तलब बक्स अफ गरिसकेको छु।”
View this post on Instagram
म्याकग्रेगर हाल डस्टिन पोइरियर विरुद्धको युएफसी २६४ भिडन्तमा लागेको खुट्टाको चोटबाट निको भइरहेका छन्। उनले पोइरियरसँग आफ्नो अन्तिम दुई बाउटहरू हारेपछि यस वर्षको अन्त्यमा अक्टागनमा फर्किने लक्ष्य राखेका छन्। जनवरी २०२० मा यूएफसी २४६ मा ४० सेकेन्डमा डोनाल्ड सेरोनलाई हराएपछि ३३ वर्षीयाले कुनै पनि लडाइ जितेका छैनन्।

