आउँदो समरमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब छाड्ने निर्णय गरे युनाइटेड उनको बाटोमा नआउने भएको छ। रोनाल्डो यसै सिजन मात्र इटालियन क्लब युभेन्टसबाट प्रिमियर लिग फर्किएका हुन्।

सन्डे मिरर स्पोर्टका अनुसार क्रिस्टियानो रोनाल्डोले अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुन नसकेमा समरमा क्लब छाड्न सक्छन्। रेड डेभिल्स हाल प्रिमियर लिग तालिकाको चौथो स्थानमा छ, वेस्ट ह्याम युनाइटेड र आर्सनलभन्दा एक अंकले अगाडि छ। तर आर्सनलले युनाइटेडले भन्दा दुई खेल कम खेलको छ।

क्रिस्टियानो रोनाल्डोले क्लबसँग आफ्नो पहिलो कार्यकालमा युनाइटेडसँग छ सिजन बिताए। उनले रेड डेभिल्सलाई २००३-२००९ बीच तीन प्रिमियर लिग उपाधि, एक एफए कप, दुई लिग कप, र च्याम्पियन्स लिग जिताउन मद्दत गरे। यस सिजनमा सबै प्रतियोगितामा क्लबको सर्वाधिक गोलकर्ता भए पनि २७ खेलमा १५ गोल गरेका क्रिस्टियानो रोनाल्डो युनाइटेडमा अपेक्षित प्रभाव पार्न असफल भएका छन्। युनाइटेडले सिजनको निराशाजनक सुरुवात गरेपछि गत नोभेम्बरको अन्त्यमा ओले गुन्नार सोल्स्कजायरलाई प्रशिक्षकको पदबाट वर्खास्त गरेको थियो।

क्लबले राल्फ राङ्गनिकलाई सिजनको अन्त्यसम्म अन्तरिम प्रबन्धकको रूपमा नियुक्त गर्यो, तर जर्मन प्रशिक्षकको अन्डरमा पनि क्लबले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन। विशेषगरी क्रिस्टियानो रोनाल्डोले राङ्गनिकको व्यवस्थापनमा कठिन समय बिताइरहेका छन्। पोर्चुगिज स्टारका लागि पूर्व लाइपजिग कोचको अन्डरमा उत्कृष्ट प्रदर्शन गर्न निकै कठिन हुँदै आएको छ।

क्रिस्टियानो रोनाल्डो पछिल्ला हप्ताहरूमा आफ्नो आफ्नै पुरानो सुपरस्टारको छायाँमा देखिएका छन्। जसको कारण पनि धेरैले रोनाल्डोलाई अनुबन्ध गर्ने क्लबको निर्णय माथि प्रश्न उठाउन थालेका छन्। यस्तोमा यस सिजनको अन्त्यमा युनाइटेड शीर्ष चारमा नपर्न सक्ने र अर्को सिजन च्याम्पियन्स लिगमा पुग्न नसक्ने चिन्ता बढ्दै गएको छ।

क्रिस्टियानो रोनाल्डो जस्तो खेलाडी च्याम्पियन्स लिगमा छनोट हुन नसक्ने क्लबमा खुसी हुने देखिँदिन। जसको कारण सिजनको अन्त्यमा उनले ओल्ड ट्राफोर्ड छाड्ने प्रयास गर्ने सम्भावना रहेको छ। तर रोनाल्डोको पारिश्रमिक कुनै पनि क्लबका लागि समस्या हुनसक्छ। युनाइटेडमा उनको ४८०,००० पाउण्ड प्रति-हप्ता तलबले उनलाई प्रिमियर लिगमा सबैभन्दा धेरै कमाउने खेलाडी बनाउँछ। त्यसैले पनि क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेड छाड्ने हो हो भने आफ्नो तलबको माग घटाउनुपर्ने हुनसक्छ।

